बीमा व्यवसाय विस्तारमा नयाँ क्षेत्र खोज्नुपर्ने अवस्था छ: दीपप्रकाश पाण्डेको अन्तरवार्ता

पछिल्लो समय मुलुकको बाह्य क्षेत्रका सूचकमा केही सुधार देखिए तापनि आन्तरिक रूपमा भने अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामै छ । उच्च ब्याजदर, मागमा आएको कमी लगायत कारण आर्थिक व्यावसायिक गतिविधि सुस्त छन् । यसबाट बीमा व्यवसाय पनि प्रभावित भएको छ । प्रस्तुत छ, नेपालको बीमा व्यवसायको विद्यमान अवस्था, समस्या, चुनौती लगायत विषयमा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार : मुलुकको विद्यमान आर्थिक अवस्थामा निर्जीवन बीमा व्यवसायको अवस्था कस्तो छ ? अहिले देशका सबैजसो क्षेत्रमा आर्थिक मन्दीको स्थिति देखिएको छ । यसको असर बीमा क्षेत्रमा पनि पर्न थालेको छ । बीमा व्यवसायको पछिल्लो २ महीनाको तथ्यांकले समेत बीमा कम्पनीको व्यापार घटेको देखिन्छ । अहिले नागरिकको क्रयशक्ति नै कम छ । धेरैलाई आधारभूत आवश्यकता पूरा गर्नै कठिनाइ छ । त्यसैले यसको प्रभाव जीवन तथा निर्जीवन दुवै किसिमको बीमा व्यवसायमा परेको छ । बीमा क्षेत्रमा अहिले अन्य के कस्ता समस्या छन् ? अन्य क्षेत्रमा झैं बीमा क्षेत्रमा पनि समस्या छन् । अहिलेको मुख्य समस्या बजार विस्तार हुन नसक्नु नै हो । तर हरेक चुनौतीमा नयाँ लगानीको अवसर पनि हुन्छ । त्यसैले समस्या पहिचान गरेर अगाडि बढ्दा लगानीको वातावरण बनाउन सकिन्छ । अहिले बीमा कम्पनीहरूले व्यवसाय विस्तार गर्न नयाँ क्षेत्र खोज्नुपर्ने अवस्था छ । सरकारले ८० प्रतिशतसम्म अनुदान दिएकाले अहिले हाम्रा लागि नयाँ क्षेत्र कृषि नै रहेको छ । बीमा प्राधिकरणले पनि कम्पनीहरूलाई हरेक वर्ष एउटा नयाँ प्रडक्ट ल्याउन मार्ग निर्देशन जारी गरिसकेको छ । उक्त निर्देशनले बीमा कम्पनीको बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ ।  कोरोना बीमाको दाबी भुक्तानीको अवस्था के छ ? अहिलेसम्म कति बीमितले भुक्तानी पाए ? कोरोना बीमामा १२–१३ अर्ब रुपैयाँको दाबी परेको थियो, जसमध्ये करीब ५० प्रतिशत बीमितले भुक्तानी पाएका छन्, अर्थात् हामीले ६ अर्ब रुपैयाँजति दाबी भुक्तानी गरिसकेका छौं । कुल बीमा दाबीको ३ अर्ब ५० करोड रुपैयाँ बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)को दायित्व हो । हामी बीमकहरू कोरोना बीमाको दाबी भुक्तानी तिर्न तयार छौं । तर नेपाल सरकारबाटै भुक्तानी नआएकाले अहिले हामीले दाबी भुक्तानी गर्न सकिरहेका छैनौं ।  कोरोना बीमाको समयमै दाबी भुक्तानी नहु“दा बीमा क्षेत्रप्रति नै जनताको धारणा नकारात्मक भएको देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ? समयमै कोरोना बीमाको दाबी भुक्तानी नहुँदा बीमकहरूले समयमा दाबी तिर्छन् र ? भन्ने प्रश्न उठ्न थालेको छ । बीमकहरूले झन्डै ५० प्रतिशत दाबी भुक्तानी गरिसकेकाले दाबी नपाएका बीमितहरूमा पनि भोलिका दिनमा दाबी पाउने आशा भने छ । तर यही विषय लामो समयसम्म लम्बिँदा बीमा क्षेत्रमा यसको दीर्घकालीन प्रभाव पर्ने सम्भावना बढेको छ । सरकारले अहिले सञ्चालन गरिरहेको स्वास्थ्य बीमाको प्रभावकारिता कत्तिको छ ? नेपाल सरकारले ऐन ल्याएरै स्वास्थ्य बीमा सञ्चालन गरेको छ । तर समयमा स्वास्थ्य बीमाको पनि दाबी भुक्तानी भएको छैन । साथै स्वास्थ्य बीमाको ‘लस रेशियो’ धेरै भएकाले भोलिका दिन बीमा बजारमै यसको नकारात्मक असर पर्न सक्ने देखिएको छ ।  नेपालमा स्वास्थ्य बीमाको भविष्य कस्तो देख्नुहुन्छ ? बीमा ऐन २०७९ ले बीमा प्राधिकरणलाई थप स्वायत्त र सशक्त बनाएको छ । नयाँ बीमा ऐनमा तेस्रो पक्ष प्रशासकको विषय पनि समावेश गरिएको छ । उक्त विषय कार्यान्वयनमा आएसँगै नेपालमा स्वास्थ्य बीमाले नयाँ गति लिने देखिन्छ । मेरो विचारमा स्वास्थ्य बीमाको भविष्य एकदम उज्ज्वल छ ।   कृषि बीमामा अहिले कृषकको आकर्षण कस्तो छ ? नेपाल सरकारले अहिले कृषि बीमालाई प्राथमिकतामा राखेर ८० प्रतिशतसम्म अनुदान दिएको छ । यस्तै बीमा कम्पनीहरूले शाखा विस्तार गरेर गाउँ गाउँमा गएर सेवा दिएका छन् । समयमै दाबी भुक्तानी गरिएकाले कृषि बीमामा आकर्षण बढ्दो छ । मेरो आकलनमा चालू आर्थिक वर्षमा कृषि बीमाको हिस्सा ३०० करोड रुपैयाँसम्म पुग्ने देखिन्छ । कृषि बीमामा शिखर इन्स्योरेन्सको हिस्सा कति छ ? अहिले हामीले ७४–७५ जिल्लामा कृषि बीमा गरेका छौं । हामीसँग ६० जनाभन्दा बढी कृषिविज्ञ तथा भेटेरिनरी डाक्टर छन् । नेपालको कृषि बीमाको झन्डै २० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ हाराहारी हिस्सा शिखर इन्स्योरेन्सको छ । शिखरको बीमाको कुल पोर्टफोलियोको लगभग ११ प्रतिशत कृषि तथा लघु बीमाको रहेको छ । कृषि बीमा देशको आर्थिक विकासका लागि आवश्यक प्रडक्ट पनि हो । अहिले कृषि बीमाका कारण नेपालमा बीमाको बजार पनि बढेको छ ।  देशको आर्थिक विकासमा बीमा कम्पनीहरूको भूमिका कस्तो रहन्छ ? बीमा क्षेत्रका कम्पनीहरूले बैंकमा रिजर्भ राखेर प्रतिफल लिने मात्र भन्दा त्यो पैसा देशको आर्थिक विकासका काममा पनि प्रयोग गर्नुपर्छ । बीमा कम्पनीहरूले कृषिसहित जलविद्युत् र पर्यटनको विकासमा पनि लगानी गर्नुपर्छ । त्यस्तो किसिमको लगानीले देशको कुल गार्हस्थ्य उत्पादनमा पनि सहयोग हुन्छ । बीमा क्षेत्रको विकास र विस्तारका लागि के गर्नुपर्ला ?  मेरो विचारमा बीमा क्षेत्रको विकास र विस्तारका लागि सरकारले बीमालाई आर्थिक एजेन्डा नै बनाएर बीमा गर्ने वातावरण सृजना गर्नुपर्छ । सरकारले कृषि बीमामा अनुदान दिएकाले झन्डै १० वर्षअघि ३ करोड रुपैयाँको बीमा क्षेत्र आज ३०० करोड रुपैयाँ हाराहारी पुगेको छ । त्यसैले बीमा क्षेत्रको विकास र विस्तारका लागि सरकारले समय सापेक्ष नीति लिनुपर्छ ।  स्थापना भएको छोटो अवधिमै शिखर इन्स्योरेन्स सफल हुनुको रहस्य के हो ? कुनै पनि कम्पनी सफल हुनुको प्रमुख कारण टीम नै हो । हाम्रोमा कर्मचारीहरू औसत ३० देखि ३२ वर्ष उमेर समूहका छन् । अर्थात् हाम्रोमा युवा जनशक्ति छन् । अहिले बीमा कम्पनीको बजार र अन्य आयाम पनि फेरिएका छन् । बीमकको पूँजी बढेको छ । साथै कम्पनीहरू मर्ज भएर प्रवद्र्धकहरूको संख्या पनि घटेको छ । बजारमा प्रतिस्पर्धा बढेकाले अब कम्पनीको उच्च व्यवस्थापनले बजारमा नयाँ प्रडक्ट ल्याउन आवश्यक छ ।  बीमा कम्पनीले समयमा दाबी भुक्तानी नगरेको आरोप लाग्ने गरेको छ । यसबारे के भन्नुहुन्छ ? बीमा कम्पनीले दाबी भुक्तानीमा हिजोभन्दा आज राम्रो गरेका छन् । अहिले बजारमा बीमितहरूसँग धेरै विकल्प छन् । त्यसैले भोलिका दिनमा दाबी भुक्तानीमा अझै राम्रो नगर्ने हो भने कम्पनीलाई बजारमा टिकिराख्न समेत गाह्रो हुन्छ । समयमै दाबी भुक्तानी गर्दा कम्पनीको बजार विस्तार हुन्छ भन्ने बुझ्नुपर्छ ।  

सम्बन्धित सामग्री

‘राज्यको कमजारीले यातायात क्षेत्र समस्याग्रस्त छ’

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राज्यको कमजारीले यातायात क्षेत्र समस्याग्रस्त अवस्था रहेको बताएका छन्। मंगलबार धनगढीमा यातायात व्यवसायीहरुसँगको छलफल कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष सिटौलाले विगतको सरकारले कुनै अध्ययन र अनुसन्धानबिना यातायात समितिहरुलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भइरहेको बताएका हुन्। उनले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने नाममा अनुसन्धानबिना […]

निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैनः मुख्यसचिव बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ। सोमबार काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्नका लागि आत्तिनु नपर्ने बताउनुभयो । मुख्यसचिव बैरागीले […]

निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैनः मुख्यसचिव बैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन।...

निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैनः मुख्यसचिव बैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

चीनले भन्याे– ‘भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य छ’

चीनले भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य रहेको बताएको छ । सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार्दै चीनले अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको बताएको हो ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आयोजना गर्नुभएको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताउनुभएको रोयटर्सले जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप हुँदा दुवै पक्षक...

डा.केसीको अनशन जारी, स्वास्थ्य अवस्था जटिल बन्दै

आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ। स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारका लागि सातबुँदे माग राख्दै अनशन बसेका डा.केसीलाई काठमाडौँ ल्याइए पनि उनको स्वास्थ्य अवस्था बिग्रदै...

एमसीसीको विरोध : बानेश्वर क्षेत्र तनावग्रस्त (फोटोफिचर)

एमसीसीको विरोधमा भएको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।एमसीसी टेबल गर्न तयारी भएपछि विप्लवसहितका ६ दल ,माओवादीको भ्रातृ संगठन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको हो ।

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रदूषित

भाद्र कृष्ण औँसीका अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लागेको मेलाका क्रममा गोकर्णेश्वर क्षेत्रमा जम्मा भएको फोहर नउठ्दा वाग्मती किनारको क्षेत्र प्रदूषित बनेको छ । गोकर्णे औँसीसमेत भनिने मेला सकिएको तीन दिन बितिसक्दा पनि फोहर नउठ्दा सडकमा हिँड्न पनि नसकिने अवस्था भएको मन्दिर क्षेत्र पुग्ने दर्शनार्थीको गुनासो छ । मेलाका दिन राष्ट्रिय शहीद स्मारक निर्माण क्षेत्रस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनदेखि नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको वन क्षेत्रसम्म भक्तजनको भीड लागेको थियो । गोकर्ण

माइतीघर क्षेत्र जलमग्न

काठमाडौँ– राजधानीको माइतीघर मण्डला शनिबार अपराह्न जलमग्न भएको छ। वर्षाका कारण माइतीघर मण्डला क्षेत्र जलमग्न भएको हो। ढल फुटेका कारण उक्त अवस्था आएको स्थानीयले बताए। एक्कासी ठूलो पानी परेपछि जमेको पानी निकास नहुँदा उक्त क्षेत्र तालमा परिणत भएको थियो। यसका कारण  केहीबेर सवारीसाधनको आवागमनमा समेत कठिनाइ भएको थियो। पैदल यात्रुलाई बाटो वारपार गर्न पनि समस्या भएको […]