सडक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला

म्याग्दी, ५ असार । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् । गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो । सडक निर्माण भएपछि म्याग्दीको सिङ्गा तातोपानीबाट ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा दुई घन्टामै […]

सम्बन्धित सामग्री

ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं : बाग्लुङको ताराखोला गाउँपालिकामा गठबन्धनले जित हात पारेको छ। गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक र उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका निर्वाचित भएका छन्।  गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार विकले २ हजार २८५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी पुतली चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार…

बाग्लुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका धनबहादुर विक निर्वाचित

काठमाण्डाै - बाग्लुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक विजयी हुनुभएको छ । विक २ हजार २८५ मत ल्याएर निर्वाचित हुनुभएको हो । ताराखोलामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिनुभएको थियो । उहाँले २ हजार ९० मत प्राप्त गर्नुभयो । ताराखोलाको उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भीमबहादुर रोका विजयी हुनुभएको छ । रोकाले ३ हजार ४ सय ३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका थममाया घर्तीले ६६१ मत प्राप्त गर्नुभयो ।

बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विक निर्वाचित

१ जेठ, बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर विक प्यानल सहित विजयी भएका छन् । विकले २ हजार २८५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पदबाट […]

बागलुङको ताराखोला गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

३१ वैशाख, काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । सुरुवाती ५०० मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धनबहादुर विकले २९४ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ र नेकप एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत पाएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार […]

ताराखोला गाउँपालिकाको आफ्नै पाठ्यक्रम

बागलुङ । विद्यालय तहको शिक्षण सिकाइलाई व्यावहारिक र स्तरीय बनाउन ताराखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । कक्षा १ देखि ५ सम्मलाई लक्ष्य गरी बनाइएको पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा लागू हुनेछ । पाठ्यक्रमअनुसार पाठ्यपुस्तक निर्माणको काम अगाडि बढेको गाउँपालिकाका शिक्षा अधिकृत सविताकुमारी केसीले जानकारी दिइन् । स्थानीय सरकार सञ्चालन ऐनले […]

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

ताराखोला जलविद्युत् आयोजना  विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो । दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको र अहिले राष्ट्रिय प्रसारणमा जोडिएको ताराखोला जलविद्युत् लिमिटेडका अध्यक्ष हिमाल विकले जानकारी दिए । “दुई वर्षदेखि विद्युत् उत्पादन भइरहेको थियो, उत्पादनको आधा विद्युतसम

ताराखोला सिले गाउँका घरघरमा खानेपानी

जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए । खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा सिलेका घर घरमा पुगेको छ । एउटा धारोबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ । ५७ घर रहेको सो गाउँमा ५७  धारा बनेका छन् ।  नयाँ धारो निर्माण हुनुभन्दा ...

ताराखोला सिले गाउँका घरघरमा खानेपानी

जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए ।खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०को सहयोगमा सिलेका घर घरमा पुगेको छ । एउटा धारोबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ । ५७ घर रहेको सो गाउँमा ५७  धारा बनेका छन् । नयाँ धारो निर्माण ह

शुक्रबार ताराखोला गाउँपालिकामा सार्वजनिक बिदा

ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा शुक्रबार ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गत १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदाको निर्णय गरेको हो । वडा नंं २ अर्गलमा प्रचलित सो पर्व वर्षेनी कात्तिक २४ देखि २६ गतेसम्म मनाइन्छ । पर्वको मुख्य दिन शुक्रबार गाउँ कार्यपालिका, वडा कार्यालय, विद्यालयलगायत सार्वजनिक सङ्घसंस्थामा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । गाउँपालिकाले विसं २०७६ देखि भुस पोल्ने पर्वमा बिदा दिन थालेको उनको भनाइ छ ।ताराखोलाको रुैथ