शुक्रबार ताराखोला गाउँपालिकामा सार्वजनिक बिदा

ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा शुक्रबार ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गत १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदाको निर्णय गरेको हो । वडा नंं २ अर्गलमा प्रचलित सो पर्व वर्षेनी कात्तिक २४ देखि २६ गतेसम्म मनाइन्छ । पर्वको मुख्य दिन शुक्रबार गाउँ कार्यपालिका, वडा कार्यालय, विद्यालयलगायत सार्वजनिक सङ्घसंस्थामा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । गाउँपालिकाले विसं २०७६ देखि भुस पोल्ने पर्वमा बिदा दिन थालेको उनको भनाइ छ ।ताराखोलाको रुैथ

सम्बन्धित सामग्री

मनाइयो ‘भुस पोल्ने पर्व’

ताराखोलाका रैथाने मगरले ‘भुस पोल्ने पर्व’ मनाएका छन् । प्रकृतिपूजक अर्गली मगरले बर्सेनि कात्तिकमा यो पर्व धुमधामसँग मनाउँछन् । २४ गतेदेखि सुरु भएको पर्वलाई गाउँलेले आइतबार बिदाइ गरेका छन् । पूर्वजले खोरिया खनेर हिउँदे खेती लगाउन सुरु गरेको सम्झनामा मगरहरूले सो पर्व मनाउँदै आएका छन् ।मुख्यगरी ताराखोला गाउँपालिका–२ अर्गलमा भुस पोल्ने पर्व प्रचलित छ । पर्वका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिन्छ ।  गाउँलेले ठूलो चाडका रुपमा सो पर्वलाई लिन्छन् । मगर भाषा तथा संस्कृति संवद्र

बागलुङका आठ स्थानीय तहमा विद्यालय सञ्चालन

वायु प्रदूषणको कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खतरा बढेपछि सरकारले विद्यालयमा चार दिन सार्वजनिक बिदा घोषण गरे पनि बागलुङका केही स्थानीय तहले पठन पाठनलाई निरन्तरता दिएका छन् । जिल्लाका छ वटा स्थानीय तहमा नियमित कक्षा सञ्चालन भएका छन् । चार वटा स्थानीय तहमा केन्द्रीय सरकारको निर्णय अनुसार नै विद्यालय बन्द गरिएको छ । बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशन गर्दै विद्यालय नियमित सञ्चालन गर्न आग्रह गरेका हुन । बिदा घोषण गरेको पहिलो दिन मंगलबार अन्यौलका बीच विद्यालयको पठन पाठन बन्द भए पनि बुधबारदेखि स्थानीय तहले नियमित पठन पाठन सुरु गरेका छन् ।