बाग्लुङ - बाग्लुङको ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ ।
पालिकाले किसानलाई बढीभन्दा बढी क्षेत्रमा खेती गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न किसान प्रोत्साहन कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिनुभयो ।
यो कार्यक्रमअन्तर्गत किसानले जति धेरै जमिनमा खेती गर्छन्, उति धेरै प्राेत्साहन भत्ता उपलब्ध गराउने उहाँको भनाइ छ । किसानले बाँझो जमिनमा खेती गरेबापत गा...