ताराखोला सिले गाउँका घरघरमा खानेपानी

जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए । खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा सिलेका घर घरमा पुगेको छ । एउटा धारोबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ । ५७ घर रहेको सो गाउँमा ५७  धारा बनेका छन् ।  नयाँ धारो निर्माण हुनुभन्दा ...