नेप्सेमा १ लाख ५३ हजार बोनस शेयर सुचिकृत

काठमाडौं, २४ बैशाख । बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको २० प्रतिशत बोनस बापतको १ लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता शेयर सुचिकृत भएको हो ।

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लुम्बिनी विकास बैंकको बोनस शेयर मंगलवार (आज) सूचीकृत भएको छ । बैंकको १३ लाख ५३ हजार १२८ दशमलव ५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।   बैंकले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले करसहित ४ दशलमव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले वैशाख १५ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रू. ५८ करोड ६६ लाख ७४ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि वैशाख ४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको आधारमा वैशाख ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । साविक महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ असार ३० देखि एकीकृत कारोबार गरेकाले सोपश्चात् शेयर कायम गर्ने सदस्यहरूले बोनस शेयरबापतको कर जम्मा गरेपछि मात्र बोनस शेयर प्राप्त गर्ने कम्पनीको भनाइ छ । एकीकृत कारोबारको मितिभन्दा अघिसम्म कायम शेयरधनीहरूलाई भने बोनस शेयरमा लाग्ने कर छूट हुनेछ । वैशाख ३ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको छ । कर्जा फुकुवा भइसकेको भए आफ्नो बोनस शेयरसमेत फुकुवा गर्न कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लिमिटेड छ । यो कम्पनी हाल समीट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रक्रियामा छ । नेशनल माइक्रोफाइनानसको १ कित्ता शेयर बराबर समीट लघुवित्तको शून्य दशमलव ७३ कित्ता शेयर आदानप्रदान हुने गरी दुई कम्पनीबीच मर्जर सहमति भएको हो ।  यस वर्षको बोनस शेयरपछि कायम हुने समीट लघुवित्तको शेयर पूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारणतर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्तावसमेत असार ३ गते सम्पन्न विशेष साधारण सभामार्फत पारित भइसकेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

साल्ट ट्रेडिङग कर्पोरेशनले वितरण गर्‍यो १० प्रतिशत बोनस शेयर

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चैत १० पारित गरेको १० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त बोनस शेयर वापतको २ लाख ५३ हजार ५३१ दशमलव १९ कित्ता बोनस शेयर वैशाख १ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो ।  धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा कम्पनीले बोनस शेयर जम्मा गरेको हो । यस वर्ष कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गरेको हो । कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।  लाभांश प्रयोजनका लागि कम्पनीले फागुन २६ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । फागुन २५ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको छ । कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कृषि विकास बैंकसहित चार कम्पनीको ४३ लाख ५६ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको ४३ लाख ५६ हजार ४५१ दशमलव शून्य ३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कृषि विकास बैंकको २६ लाख ३७ हजार ५८३ दशमलव १५, साल्ट ट्रेडिङ कर्पोरेशनको २ लाख ५३ हजार ५३१ दशमलव १९, स्वाभिमान लघुवित्तको २ लाख ४३ हजार ५६४ दशमलव ३० र मिर्मिरे लघुवित्तको १२ लाख २१ हजार ७७२ दशमलव ३९ कित्ता गरी कुल ४३ लाख ५६ हजार ४५१ दशमलव शून्य ३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।  मिर्मिरे लघुवित्तले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै कृषि विकास बैंकले चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ प्रतिशत बोनस शेयर, साल्ट ट्रेडिङ कर्पोरेशनले चैत १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर र स्वाभिमान लघुवित्तले चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सगरमाथा इन्स्योरेन्ससहित तीन कम्पनीको करीब २८ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको करीब २८ लाख कित्ता बोनस शेयर मंगलवार सूचीकृत भएको छ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको १ लाख ५९ हजार ९६५ कित्ता, सगरमाथा इन्स्योरेन्सको १६ लाख ५३ हजार ६९९ दशमलव ९६ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ९ लाख १७ हजार ६४४ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । मंगलवार सूचीकृत भएको कुल २७ लाख ८१ हजार ३०९ कित्ता बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । नेपाल हाइड्रो डेभलोपरले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ४० प्रतिशत बोनस शेयर र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पनि फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ९९ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन् ।

सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न

साधारणसभाले बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८ सय को १२.५० प्रतिशत बराबर १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३ सय बोनस शेयर तथा ०.६६ प्रतिशत बराबर ८ करोड २३ लाख ९७ हजार ५ सय रूपैयाँको नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ।...

नेशनल माइक्रोफाईनान्सको लाभांश घोषणा

नेशनल माइक्रोफाईनान्स National Microfinance Bittiya Sanstha ले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने १६ करोड ७६ लाख २१ हजार ४ सय २१ रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६ सय ७७ दशमलव ६३ पैसा नगद लाभांश गरि कुल ४५ प्रतिशत लाबहंश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड ९० लाख ५३ हजार ५ सय रहेको छ ।कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

निर्धन उत्थान लघुवित्त र स्वरोजगार लघुवित्तको बोनस शेयर सूचीकृत

असार २१, काठामाडौं । दुई ओटा कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर  सूचीकृत भएको हो । निर्धन उत्थान लघुवित्तको १९ लाख ५० हजार बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले गत फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार ४२१ दशमलव ७७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।कम्पनीले गत फागुन २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ३९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

आइएमई जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बिहीवार, ६ जेठ २०७८)

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. १८ करोड ८५ लाख ४२ हजार नाफा कमाएको छ ।  गत आवको तेस्रो त्रैमासको तुलनामा नाफा चालू आवको सोही अवधिमा ७५ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रु. १० करोड ७३ लाख ५३ हजार नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानीमा ६९ प्रतिशतले वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको हो । कम्पनीको वैशाख १२ गते सम्पन्न वार्षिक साधारणसभाले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त साभाले बोनस शेयर वितरणपछि कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएर सेबोनमा निवेदन दिएर स्वीकृति पाएपछि हकप्रद शेयर निष्कासन गर्नेछ । बुधवार कम्पनीको शेयर मूल्य रु. १ हजार ३४५ पुगेको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घट्ने सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६८ दशमलव ६० बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७७ दशमलव ६८ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा काटिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयर मूल्य रु. १ हजार ३४५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ३१३ मा टेवा पाउने र महँगिए रु. १ हजार ३७० मा प्रतिरोध पाउने देखिन्छ ।

स्वाभिमान लघुवित्तको बोनस शेयर सूचीकृत

वैशाख २३, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको १ लाख ५३ हजार ४२३ दशमलव ६० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत फागुन १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।