सरकारले मातृशिशु मृत्युदर घटाउन हरेक वर्ष नयाँनयाँ कार्यक्रम ल्याउने गर्छ । गर्भवती भएदेखि सुत्केरीसम्मको स्याहारमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट निगरानीको सुविधा दिँदै आएको छ । जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको संख्या अझै पनि उच्च छ । स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा २० वर्ष उमेर नपुगेका ६ सय ९९ जनाले गर्भ जाँच गराएका थिए । त्यसमध्ये १ सय २३ जनाले गर्भपतन गराएको तथ्यांक छ ।