सुत्केरी पत्रकारलाई भत्ता वितरण

प्रेस सेन्टर मकवानपुरले सुत्केरी पत्रकारलाई भत्ता वितरण गरेको छ । प्रेस सेन्टर मकवानपुरले जिल्लामा क्रियाशील पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्तासहित न्यानो कपडा उपलब्ध गराएको हो । पुस १० गते बसेको प्रेस सेन्टर मकवानपुरको बैठकले जिल्लामा क्रियाशील पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको थियो । सोही अनुसार विस्टलाई भत्ता रकम प्रदान गरिएको सेन्टरकी अध्यक्ष अञ्जली थापाले बताइन् ।महिला पत्रकारहरु सुत्केरी अवस्थामा केही समय काममा फर्कन नसक्ने हुँदा आर्