सल्यानमा ८ प्रतिशत घरमै सुत्केरी

सल्यान : सल्यानमा अझै पनि ८ प्रतिशत महिला असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेका छन्।गत आर्थिक वर्ष २०७८/०७९ मा ८ प्रतिशत अर्थात २ सय ६६ महिला घरमै सुत्केरी हुने गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्कमा उल्लेख गरिएको छ।जिल्लाभर ३ हजार ३ सय ६६ महिला सुत्केरी भएकोमा ३ हजार जना स्वास्थ्य संस्थामा सुत्केरी भएको र बाँकी २ सय ६६ महिला घरमै सुत्केरी भएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए।सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्थामा लैजादै गर्दा बीच बाटोमा नै सुत्केरी भएको खण्