आमा र बच्चा बचाउन स्वास्थ्य संस्थामै सुत्केरी

पछिल्लो समय जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमी आएको हो।...

सम्बन्धित सामग्री

२० वर्ष नपुग्दै आमा बन्छन् किशोरीहरु

डोटी । कैलालीको चुरे गाउँपालिका–२ कि १६ वर्षीया सिता कुमारी (नाम परिवर्तन) गत महिना खैराला आधारभुत स्वास्थ्य स्वास्थ्य सेवा केन्द्रमा पुगिन् । उनी सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य संस्था आएकी थिइन् । परिवारका सदस्यसंगै स्वास्थ्य संस्था आएकी सितालाई सुत्केरी गराउन निकै समस्या भयो । धन्न सुरक्षित रुपमा उनी सुत्केरी भईन् । हाल आमा र बच्चा दुवैको […]

आमा समूहको अनौठो अभियान: घरमै सुत्केरी भए कालो टीका !

बलेवा (बागलुङ) । केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ । गाउँमा चालु आर्थिक वर्ष शुरूभएपछि १५ जना सुत्केरी भए । उनीहरु सबै सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । तमानखोला गाउँपालिका–१ मा पर्ने यी गाउँमा एउटा सक्रिय आमा समूह छ । गर्भवती र सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका विषयमा बुझेको आमा समूहले नौलो अभियान चलाएको छ । यी गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन । कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालो टीका लगाइदिन्छ । घरमै सुत्केरी भए गाउँघरमा अशुभ मानिने कालो टीका लगाउनुपर्ने भएकाले दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । 'गर्भजाँच नगरे पनि पहेँलो टीका लगाउनुपर्छ, आठपटक गर्भ जाँचेर स्वास्थ्यचौकीमा सुत्केरी भए बल्ल रातो टीका लगाउन पाइन्छ', बज्रबाङकी रविना विकले भनिन्, 'मैले सबै जाँच पूरा गरेर स्वास्थ्य संस्थामा बच्चा जन्माएकी हुँ ।' आमा समूहले उक्त अभियान शुरूगरेदेखि कोही पनि घरमा सुत्केरी भएका छैनन् । घरमा सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्यमा हुनसक्ने जोखिमको विषयमा सबै महिलाले जानकारी पाएका छन् । यहाँका पुरुषले पनि आमा समूहको यो अभियानलाई सहयोग गरेको छ । गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भए । सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास यहाँको परम्परागत मान्यताका कारण सफल हुन सकेका थिएनन् । तर, अहिले समूहमा आबद्ध भएका महिला आफैँले कालो टीकाको नियम लगाएका हुन् । 'आफैँले बनाएको नियम आफैँले नमान्न भएन नि', बज्रबाङकी स्वास्थ्य स्वयंसेवीका रुपमायाँ घर्तीले भनिन्, 'अहिले गर्भवती खोजीखोजी स्वास्थ्य संस्था जाने गरेका छन्', यो आमा समूहले गर्भवती, सुत्केरी र नवजात शिशुका विषयमा सचेतनाका कार्यक्रम, पोषणसम्बन्धी सचेतनाका कार्यक्रमसमेत चलाउने गरेका छन् । गाउँमा भएका गर्भवती र सुत्केरीको विषयमा जान्न बुझ्न यो आमा समूहको नियमित बैठक हुन्छ । त्यही बैठकले सबै आमा र बच्चाको सुरक्षित भविष्यको विषयमा योजना बनाउँछ तथा कार्यान्वयन गर्छ । ३ वर्ष पहिले तमानखोला गाउँपालिकाले बज्रबाङमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ । विवाइसी बागलुङसँग मिलेर त्यहा क्लिनिकका लागि भवन बनेको छ । गर्भजाँचका लागि बोंगादोभान स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी त्यहीँ पुग्छन् । त्यहाँबाट बोंगादोभान पठाइएका गर्भवती त्यहाँ सुत्केरी हुन नसक्ने अवस्था आए बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइन्छ । त्यहाँ पुग्न गाउँपालिकाले यातायात खर्च दिन्छ । त्यहाँभन्दा बाहिर जाँदा  १० हजार खर्च गाउँपालिकालेनै दिने गरेको छ । 'बर्थिङ सेन्टर भएकाले गाउँपालिकाभरिकै गर्भवती यहाँ आउनुहुन्छ, होम डेलीभरी शून्यमा झारेका छौँ', बोंगादोभान स्वास्थ्यचौकीका अहेव रविना बुढा मगरले भने, 'अहिले गाउँपालिकाले चिकित्सकसमेतको व्यवस्था गरेकाले धेरै सजिलो हुन्छ ।' स्वास्थ्य संस्थामा आएका अधिकांश गर्भवतीलाई समयमा नै समस्याको पहिचान गर्ने र अन्यत्र पठाउनुपर्ने भए समयमै पठाउने गरेको उनले बताए । रासस

बच्चा जन्माउन स्वास्थ्य संस्था पुग्दैनन् सिंजाका महिला

आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि अनिवार्य स्वास्थ्य संस्था वा प्रसुती गृहमै गर्भवती महिला सुत्केरी हुनु पर्ने सरकारको नीति रहेको छ । स्वास्थ्य संस्थामै सुत्केरी गर्नका लागि प्रोत्साहन गर्नका लागि सरकारले प्रोत्साहन भत्ताको व्यवस्थापन पनि गरेको छ । तर स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवती महिलालाई ल्याउनका लागि सडक र एम्बुलेन्सको पहुँच नहुदा सिंजा गाउँपालिका वडा नम्बर ५ र ६ नम्बर वडाका महिला घरमै सुत्केरी हुने गरेका छन् ।यी दुई वडा सिंजाका दुर्गम स्थानमा पर्दछ । सिंजामा दुई वडा

सुरक्षित सुत्केरीका सारथि

बागलुङको गलकोट नगरपालिका–२, नरेठाँटीकी भीममाया विकले छ सन्तानलाई घरमै जन्म दिनुभयो। छवटा बच्चा जन्माउनुअघि उहाँले एक पटक पनि गर्भ परीक्षण गराउनुभएन। यसका विविध कारण थिए। पहिलो कुरा पायकमा स्वास्थ्य संस्था थिएनन्। दोस्रो कुरा गर्भावस्थामा गर्भ परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि भएको पाइँदैन। उहाँलाई गर्भ परीक्षण र भिडियो एक्स–रेबारे कसैले पनि सचेत गराएनन्। उहाँका आमा तथा सासूहरूले ‘काम गर्दागर्दै आफैँ बच्चा जन्मन्छन् चिन्ता गर्नु पर्दैन’ भनेर प्रोत्साहन गर्नुभएको थियो।