डोटी – डोटीको शिखर नगरपालिकाले नगरपालिकामा रहेका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । उपमेयरसँग सुत्केरी महिला कार्यक्रम अन्तर्गत नगरका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरासँगै कम्मल वितरण गरिएको हो ।
शिखर नगरपालिका वडा नम्बर १०, ८ र ११ बाट कार्यक्रमको थालनी गरिएको हो । वडा नम्बर १० का २४ जना, वडा नम्बर ८ का ९ जना र वडा नम्बर ११ का ११ जना सुत्केरी महिलाहरुलाई सामग्री वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख हरिश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार कोसेलीमा न्यानो लुगा, सरसफाइका सामग्र...