काठमाडौँ। नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले ‘११ आँै बृहत् शैक्षिक मेला’ गर्ने भएको छ । नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा जानकारी गराउने उद्देश्यले मेला आयोजना गर्न थालिएको आज पत्रकार सम्मेलनमा इक्यानका कार्यवाहक अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी गराउनुभयो । उहाँका अनुसार आगामी साउन ५ देखि ८ गतेसम्म चल्ने मेलामा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, जापान...