शैक्षिक मेला गर्दा शिक्षा मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्ने

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्न मन्त्रालयबाट स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ।मन्त्रालयले सूचना जारी गर्दै स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाहरूले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने गरेको गुनासो आएको मन्त्रालयले जनाएको छ।‘यस मन्त्रालयबाट पूर्व स्वीकृति नलिई त्यस्तो कार्यक्रम आयोजना र कार्यक