शिक्षा, विज्ञान तथा प्रविधिले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको हो । केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको गुनासाहरू आएको भन्दै मन्त्रालयले त्यसमा रोक लगाएको हो । स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने, अपुष्ट सूचना सामग्री राखी मेलाको प्रचार गर्ने गरेको पाइएको भन्दै मन्त्राल