२४ पुस, काठमाडौं । कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ । निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ । हेर्नुहोस् नेपाल एयरलाइन्सको सूचना–
काठमाण्डौ – विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र( सीसीएमसी) फारम भर्न नपर्ने भएको छ ।
यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रा पूर्व नै सीसीएमसीको फारम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ ।
कोरोना महामारीको नयाँ भेरियन्टको सङ्क्रमण रोकथामका लागि भन्दै हवाई मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुहरूले सीसीएमसीको फारम अनिवार्य भर्नु पर्ने नियम लागू गरिएको थियो ।
अब भने यात्रुले यो फारम भर्न...
विदेशबाट नेपाल आउनेले ५ दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको नयाँ आदेशमा यस्तो व्यवस्था गरिएको हो । ‘विदेशबाट आउदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ आएपनि कम्तीमा ५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने’, आदेशमा भनिएको छ ।
भारतमा ओमिक्रोनको सङ्क्रमण बढेपछि थप स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ।
भारत सरकारले विदेशबाट आएका सबै सात दिन होम क्वरेण्टीनमा बस्नुपर्ने नियम लागू गरेको छ। यो नियम जनवरी ११ अर्थात आउँदो मंगलवारदेखि लागू हुनेछ ।
सङ्घीय स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा एक हप्ता होम क्वरेण्टीनमा बस्न आग्रह गरेको छ।
भारतमा पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेको छ । विदेशबाट आएका कुल यात्रुको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत सङ्क्रमित भएको पाइएको छ । भारतमा पछिल्लो २४...
भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सवै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । विदेशबाट भारत आएकाहरु होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम कार्यान्वयन भने यही जनवरी ११ देखि मात्रै हुने सूचनामा उल्लेख छ । कोरोनाभाइरसको महामारी दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको विवरण सार्वजनिक भएपछि सरकारले एक हप्ते होम क्वारेन्टाइन अनि
डा. रवीन्द्र घिमिरेअध्यक्ष, नेपाल पुनर्बिमा कम्पनी विदेशका पुनर्बिमा कम्पनीले नलिएको जोखिम बेहोर्नका लागि सरकार र नेपाली बिमा कम्पनीहरूको लगानीमा स्थापित बिमा पुल नेपाल पुनर्बिमा कम्पनीका रूपमा सञ्चालनमा आएको सात वर्ष पूरा भइसकेको छ । यस अवधिमा कम्पनीले नेपाली बिमा कम्पनीका अतिरिक्त विदेशबाट समेत पुनर्बिमा लिन थालेको छ । तर, अहिलेसम्म सरकारले बजेटमार्फत अनिवार्य गरेको नेपाली […]
सरकारले विदेशबाट आउने यात्रुले १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गर्नुपर्ने निर्णय गरेको छ ।विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण गर्न भन्दै मंगलबार बसेको मन्त्रिपरिषद्ले यस्तो व्यवस्था गरेको हो । हवाईमार्गबाट नेपाल प्रवेश गर्ने विदेशी यात्रुले यात्रा गर्नुअघि […]
म्याग्दी : अब विदेशबाट म्याग्दीमा आउने कामदार र घर फर्किएकाले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।छिमेकी राष्ट्र भारतबाट आएका मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि विदेशबाट आउनेहरू सबैलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा राखेर लक्षण नदेखिएपछि पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।बैठकले जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा कार
पोखरा । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कोरोना भाइरसको संक्रमण विस्तारै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दि क्वारेन्टाइनमा बस्नुपर्ने ब्यवस्था गरेको हो ।बुधबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले भारतमा कोरोनाको दोस्रो लहर सुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने