पोखरा । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कोरोना भाइरसको संक्रमण विस्तारै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दि क्वारेन्टाइनमा बस्नुपर्ने ब्यवस्था गरेको हो ।बुधबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले भारतमा कोरोनाको दोस्रो लहर सुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने