म्याग्दीमा विदेशबाट आउनेहरू १० दिनसम्म क्वारेन्टाइन बस्नैपर्ने

म्याग्दी : अब विदेशबाट म्याग्दीमा आउने कामदार र घर फर्किएकाले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।छिमेकी राष्ट्र भारतबाट आएका मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि विदेशबाट आउनेहरू सबैलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा राखेर लक्षण नदेखिएपछि पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।बैठकले जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा कार

सम्बन्धित सामग्री

बेनीमा निषेधाज्ञा : धवलागिरि गाउँपालिकाको सेवा बन्द

म्याग्दी । समुदाय स्तरमै कोरोना संक्रमणको दर बढेपछि म्याग्दीमा बुधबार राती १२ बजेदेखि १० दिने निषेधाज्ञा जारी भएको छ । धवलागिरि गाउँपालिकामा पनि  समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि पालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । बुधवार गाउँपालिका अध्यक्ष थमसरा पुनद्वारा जारी गरिएको सूचनामा वैशाख २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका, वडा र सेवा केन्द्रमार्फत प्रवाह हुने नियमित सेवा बन्द गरिएको जनाइएको छ । यसअघि विद्यालयमा भौतिक रुपमा उपस्थित भई पठनपाठन बन्द गरिएकामा कोरोनाको जोखिम न्यूनीकरण नभएपछि थप कदम चालिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले नागरिकलाई मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले हात धुन र स्यानिटाइज गर्ने कार्यमा जोड दिन आग्रह गरेको छ । गाउँपालिकाले नागरिकलाई भीडभाड नगर्न, काजकिरिया, जन्ती, मलामी तथा अन्य सांस्कृतिक कार्यमा समेत भिड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न, विदेशबाट र जोखिमयुक्त ठाउँबाट आएकालाई १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्न र लक्षण देखिए तुरुन्तै स्वास्थ्य परीक्षण गराउनसमेत सुझाइएको छ । बुधवार ताकममा गरिएको एन्टिजिन परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ । गाउँपालिकाका अनुसार धवलागिरिमा हालसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ४ जना बेनीका छन् भने अन्य आफ्नै घरमा होम आइसोलेसनमा बसेका छन् । म्याग्दीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बेनी अस्पतालमा उपचार गराउन आएका र लक्षण देखिएका ४२ जनाको स्वाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइएकामध्ये २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो संख्याको संक्रमण म्याग्दीमा अहिलेसम्मकै बढी हो । संक्रमितमध्ये बेनी नगरपालिकाका १७, धवलागिरि गाउँपालिका ६, मंगला गाउँपालिका १, मालिका गाउँपालिकाका १, रघुगंगा गाउँपालिकाका र छिमेकी जलजला गाउँपालिकाका ३ जना रहेका छन् । सबै संक्रमतिको स्वाब बेनी अस्पतालमा संकलन गरी पिसिआरका लागि पोखरा पठाइएको थियो । योसँगै म्याग्दीमा संक्रमितको संख्या ९९ पुगेको छ । जिल्लाभित्र हालसम्म ३ सय ४६ जनालाई कोरोना संक्रमण भएकामा दोस्रो लहरमा संक्रमति हुनेको संख्यासमेत १ सय नाघेको छ । संक्रमितमध्ये अधिकांश सदरमुकाम बेनी आसपासका र केही ग्रामीण क्षेत्रका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि सदरमुकाम बेनीको अवस्था भयावह बन्दै गएको छ । दोस्रो लहरमा संक्रमति हुनेहरू बाहिरी जिल्लाबाट आएका रहेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । ‘समुदाय स्तरमै कोरोना फैलिएको छ । हामीले अनुमान गरेभन्दा बाहिरको अवस्था आउन सक्छ,’ प्रमुख लम्सालले भने । समुदाय स्तरमै संक्रमण फैलिइसकेको अवस्थामा सतर्कता अपनाउन अपिल गरिए पनि सर्वसाधारणबाट पालना नभएकाले म्याग्दीमा संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।