विदेशबाट नेपाल आउनेले अब सीसीएमसी फारम भर्न नपर्ने

काठमाण्डौ – विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र( सीसीएमसी) फारम भर्न नपर्ने भएको छ । यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रा पूर्व नै सीसीएमसीको फारम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ ।  कोरोना महामारीको नयाँ भेरियन्टको सङ्क्रमण रोकथामका लागि भन्दै हवाई मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुहरूले सीसीएमसीको फारम अनिवार्य भर्नु पर्ने नियम लागू गरिएको थियो । अब भने यात्रुले यो फारम भर्न...

सम्बन्धित सामग्री

विदेशबाट आउने यात्रुले सीसीएमसी फारम भर्न नपर्ने

कोरोना महामारीको नयाँ भेरियन्टको सङ्क्रमण रोकथामका लागि भन्दै हवाई मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुहरूले सीसीएमसीको फारम अनिवार्य भर्नुपर्ने नियम लागू गरिएको थियो ।

विदेशबाट आउने यात्रुले अब सीसीएमसी फारम भर्नु नपर्ने

१६ साउन, काठमाडौं । विदेशबाट नेपाल आउँदा यात्रुले अब सीसीएमसी फारम भर्नु नपर्ने भएको छ । गृह मन्त्रालयले १२ साउनमा अध्यागमन विभागलाई पत्राचार गर्दै यसबारे जानकारी गराएको हो । विभागका निर्देशक अन्जन न्यौपानेका अनुसार यसअघि अध्यागमन विभागले २ चैत २०७८ मा जारी गरेको सूचनाको बुँदा नम्बर ५ मा उल्लेख यो प्रावधानबाहेक अन्य नियम भने यथावत […]

हवाई यात्रामा पीसीआर परीक्षणको अनिवार्यता हटाउन सुझाव

वायुसेवा सञ्चालक संघले हवाई क्षेत्रमा पीसीआर परीक्षणको अनिवार्यता र सीसीएमसी फारम भर्नुपर्ने प्रावधान हटाउन माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै संघले यस्तो आग्रह गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग अझ अन्यौल र अनिश्चिततामा रुमल्लिएको जनाउँदै संघले अब सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

हवाई यात्रामा पीसीआर परीक्षणको अनिवार्यता हटाउन सुझाव

वायुसेवा सञ्चालक संघले हवाई क्षेत्रमा पीसीआर परीक्षणको अनिवार्यता र सीसीएमसी फारम भर्नुपर्ने प्रावधान हटाउन माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै संघले यस्तो आग्रह गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग अझ अन्यौल र अनिश्चिततामा रुमल्लिएको जनाउँदै संघले अब सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

अनिवार्य पीसीआर रिपोर्ट तथा सीसीएमसी फारम हटाउन आओनको माग

हवाई यात्रामा अनिवार्य गरिएको पीसीआर रिपोर्ट तथा सीसीएमसी फारम हटाउन वायुसेवा सञ्चालक संघ (आओन)ले सरकारसँग माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले यस्तो माग गरेको हो । कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई माथि उठान आवश्यक रहेको अवस्थामा थप प्रोटोकलको नाममा हवाई क्षेत्रमा गरिएको अनिवार्य पीसीआर परिक्षणको रिपोर्ट तथा सीसीएमसी फारमले थप पर्यटक आजित भएको संघको भनाइ छ । ‘महामारी रोकथामका लागि लगाइएका विभिन्न प्रतिवन्धका कारण विगत २ वर्षमा वाह्रय पर्यटकहरुको आगमनमा निकै र्

वायुसेवा सञ्चालक संघले भन्यो : हवाई यात्रामा पीसीआर तथा सीसीएमसी फारम हटाउ

फागुन ५, काठमाडौ। वायुसेवा सञ्चालक संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण शुरु भएको अनिवार्य लागू गरिएको पीसीआर तथा सीसीएमसी फारम हटाउन माग गरेको छ।  विगत केही समययता विश्वभरि नै कोरोना संक्रमण दर निकै घट्दो क्रममा रहेको, स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरुले समेत आउँदा दिनहरुमा कोरोनाको प्रभाव स्वतः कम हुँदै जाने आकलनसमेत गरेको तथा धेरै जसो मुलुकहरुले प्रतिवन्धलाई खुकुलो पारेको अवस्थामा नेपालले पनि सोहि अनुसार खुकुलो पार्दै जानुपर्ने ससंघले भनेको छ । अन्तरराष्ट्रिय संस्था आईएटिएले पनि पीसीआर टेष्ट, आईसोलेशनमा लाग्ने ठूलो खर्चलाई विस्थापित गरि खोपमा लगाउन आग्रह गरेको अवस्थामा नेपालले हवाई यात्रामा पीसीआर तथा सीसीएमसी फारम हटउन आग्रह गरेको हो । कोभिडका कारण पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको र अझ अन्यौल र अनिश्चिततामा रुमलिएको छ । महामारी रोकथामका लागि लगाईएका विभिन्न प्रतिवन्धका कारण विगत २ वर्षमा वाह्रय पर्यटकहरुको आगमनमा निकै ह्रास आएको छ । जसका कारण यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्तिहरु पनि पलायन हुने अवस्था रहेको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साउदीमा ठगहरुबाट बच्न त्यहाँ रहेका नेपाली श्रमिकलाई दूतावासको आग्रह

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई ठगहरुबाट बच्न आग्रह गरेको छ । साउदीमा समस्यामा परेका श्रमिकहरुलाई लक्षित गरी ठगी गर्नेहरु बढ्दै गएको भन्दै त्यस्ता ठगबाट बच्न दूतावासले सूचना मार्फत आग्रह गरेको हो । साउदीमा बेखर्ची भएर दूतावासको सेल्टरमा बसेका, साथीभाइको आर्थिक सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका, टिकटको लागि ट्राभल एजेन्सीमा गएका श्रमिकलाई विभिन्न बहाना बनाएर ठग्ने क्रम बढेको छ । दूतावासका अनुसार ठगहरुले ट्राभल डकुमेण्ट खर्च, फोटोकपी खर्च, सीसीएमसी फारम भरेको खर्च जस्ता ब...