काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई लक्षित गरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले बताएको छ । एक्सटेन्सन काउन्टर उद्घाटन पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले गरे । बैंकले हाल २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।