ग्लोबल आइएमई बैंक लिमिटेडले थप एक शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका –१७, स्थित खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।यसैगरि बैंकले मोरङको सुनबर्षी नगरपालिका –२, अमरदहमा पनि नयाँ एक्सटेन्सन काउन्टर प िसञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ ।