काठमाडौं : विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनशन तोडेका छन्।उनले आज साँझ सरकारसँग १० बुँदे सहमति भएपछि अनशन तोडेका हुन्।केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। आज भएको सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको उनका समर्थित प्रितम सुवेदीले बताए।केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन । उक्त मागका विषयमा निरन्तर सं