प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको रहेको बेला सबैभन्दा बढी चर्चा भारतीय जनता पार्टीको कार्यालयमा उनले गरेको भ्रमणको रहेको छ । चैत १८ गते भारत भ्रमणमा दिल्ली पुगेका देउवा भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नड्डालाई भेट्न दिल्लीको ६ ए दिनदयाल उपाध्याय मार्ग पुगेका थिए । भाजपाको कार्यालय पुग्नुअघि प्रधानमन्त्री देउवा विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरेका थिए । भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भाजपाका अध्यक्ष जेपी नड्डासँग भेट्ने कार्यतालिका तय भए पनि कहाँ भेट्ने स्