महोत्तरी – मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ। साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन्। मिथिलामा दाजुभाइ/दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ। यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ। हिन्दू नेपाली परम्परामा रक्षाबन्धन […]