‘एमालेलाई घेर्ने, बन्दी बनाउने योजना सफल हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरेका छन् ।  बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै नेता उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए ।  उनले एमालेलाई घेर्ने, बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गरे ।  प्रदेश...

सम्बन्धित सामग्री

सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिएकी छन् ।

घट्दो बजारमा कसरी सफल लगानीकर्ता बन्ने ?

काठमाडौं । पछिल्लो समय शेयर बजारबाट सजिलै पैसा कमाउन सकिन्छ भन्ने भान धेरैलाई हुन थालेको छ । तर शेयर बजारबाट पैसा कमाउन त्यति सजिलो भने पक्कै छैन । शेयर बजार भनेको यस्तो क्षेक्र हो जहाँ एक व्यत्तिले कमाएको हुन्छ भने अरु कयौंले गुमाएका हुन्छन् । यस्तो अवस्थामा सफल लगानीकर्ता कसरी बन्ने त ? सबैभन्दा पहिलो स्वयम आफू आफ्नो लगानीको जिम्मेवारी कसरी बहन गर्ने भन्ने एकिन गर्नुपर्दछ  । किनकी शेयर बजारलाई कहिले राजनीतिकदेखि नितीगत कुराले प्रभाव पारिरहेको हुन्छ । अझ भनौं यी तत्वहरुले नै शेयरबजारलाई सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने गर्दछन् । यस्तो अवस्थामा आफुले गरेको लगानी नाफा अथवा घाटा हुने गर्दछ । त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिन सक्नु पर्छ  । घाटाको दोष अरु कसैलाई लगायौं भने हामी कहिल्यै सफल लगानीकर्ता सक्दैनौं । शेयर बजारमा सफल लगानीकर्ता बन्नका लागि आफुले निश्चित नियम बनाउने गर्नु पर्दछ । जस्तोकी मैले लगानी गरेको कम्पनीबाट वार्षिक कति प्रतिफल लिने, अल्पकालिन लगानी गर्ने  कि दिर्घकालिन लगानी गर्ने ? यसबारे सर्वप्रथम एकिन हुनुपर्छ । त्यसपछि आफुले कस्तो खालको लगानी गर्ने भन्ने एकिन भएपछि यति बजार घटेमा वा बढेमा जोखिम,प्रतिफल र स्टपलस बारे स्पष्ट हुनु जरुरी छ । कसैको हल्ला, लहैलहैमा लागेर शेयरबजारमा लगानी गर्नुहुँदैन, आफुले बनाएको योजनालाई अनुशासित रुपमा कार्यान्वयन गरेमा घट्दा होस या  बढ्दा होस बजारबाट सफल बन्न सकिन्छ ।  त्यसपछि आफूले योजनाबद्ध रुपमा गरेको लगानी कत्तिको सफल भएको छ या छैन भनेर निरन्तर गहन अध्ययन गर्नुपर्दछ ।   शेयर बजारका बादशाह भनेर चिनिन्छ छन् वारेन बफेट । उनी बर्कशायर ह्याथवे कम्पनीका अध्यक्ष हुन  । वारेन बफेटको लगानी टिप्स धेरै प्रसिद्ध छन् । विश्व शेयर बजारमा थुप्रै लगानीकर्ताले उनका टिप्स फलो गर्छन् ।  पछिल्लो समय नेपाली शेयर बजारमा बढेपछि मात्र खरीद गर्न तर्फ थाल्छन भने घट्दै गर्दा आक्तिएर वित्री गर्ने प्रवृक्ति छ धेरै  लगानीकर्ताको । यसकारण कसरी ,कस्तो समयमा शेयर खरीद वित्री गर्ने,कस्ता कम्पनीको शेयर खरीद गर्ने जस्ता याबत कुरामा ध्यान दिनु जरुरी हुन्छ ।  पछिल्लो समय  राम्रो सँग नबुझेर अरुको हल्लामा लगानी गर्दा धेरै जनाले घाटामा गएको  गुनासो गर्ने गर्दछन् ।  हेरौ वारेन बफेटका यी टिप्स ?   १ सबै लोभी हुँदा डराउनु र सबै डराउँदा लोभी हुनु  लगानी सम्बन्धी बफेटको एउटा भनाइ एकदमै चर्चित छ । उनले भनेका छन्, ‘जब शेयर कारोबारमा अरु लोभी हुन्छन त्यतिबेला हामी डराउनु पर्छ र अरु डराएको बेला आफू लोभी हुनुपर्छ ।’ यो भनाइको मुल आशय, बजारको हल्लाको पछी नलाग्नु भन्ने हो । वफेटका अनुसार हामीले बजारमा धेरै चर्चामा रहेका शेयरमा कम ध्यान दिनु पर्छ । हामीले बजारमा कम चर्चा पाएका तर राम्रो सम्भावना भएका कम्पनीमा लगानी गर्नु पर्छ   २ आफूले लिन सक्ने जोखिम मात्र उठाउनुहोस्  वारेन बफेट मानिसले आफूले उठाउन सक्ने जोखिममात्रै लिनुपर्ने सुझाव दिन्छन्। ‘खोलाको किनारमा बसेर दुवै खुट्टा पानीमा राखेर गहिराइ नाप्ने प्रयास गरेमा डुब्न सकिन्छ । यसका लागि एउटा हातले किनारलाई बलियो गरी समातेर एक खुट्टामा आफ्नो सन्तुलन र अर्को खुट्टाले नदीको आँकलन गर्नु जरुरी छ । यसरी खोलाको गहिराइ मापन गरेमा डुब्नबाट बच्न सकिन्छ’, बफेटले भनेका छन ् ।  ३ आफैँले अनुसन्धान गर्नुहोस्  वारेन बफेट निहीत स्वार्थमा लागेका मानिसको अनुमान वा भविष्यवाणीमा कहिल्यै विश्वास नगर्न सुझाव दिन्छन्। ‘लगानीको मामिलामा विशेषज्ञ वा एजेन्टहरुको आफ्नै स्वार्थ हुन्छ’, उनले भनेका छन्, ‘त्यसैले लगानी गर्नुअघि सधैँ आफैँ अनुसन्धान गर्नुहोस् । कम्पनीको कार्यसम्पादन वा नतिजामा आँखा चिम्लिएर विश्वास गर्नु जोखिमपूर्ण हुन सक्छ ।’ यसको अर्थ पछिल्लो समाजिक सञ्जालमा यो कम्पनी किन्नुस अथवा यो राम्रो छ भनेर धेरैले अभिब्यक्ति दिएका हुन्छन् । यस कारण सबै आफ्नो स्वार्थ अनरुप कम्पनीको प्रचार प्रसार गरेका हुन । यस कारण लगानी गर्ने कम्पनीमा  आफैले सुक्ष्म अनुसन्धान गनुपर्छ ।   ४ सक्स होस् वा स्टक्स, क्वालिटीमा ध्यान दिनुहोस्  वारेन बफेट सक्स (मोजा) होस् या स्टक्स (शेयरहरु) गुणस्तरमात्र किन्नुपर्ने सुझाव दिन्छन्। ‘त्यो पनि सस्तोमा किन्नुहोस उनले भनेका छन्, ‘आधारभूत अवस्था राम्रो भएका कम्पनीको मात्र शेयर किन्नुर्छ । अझ त्यस्ता शेयर निकै तल्लो विन्दुमा आएको बेला खरीद गर्नुपर्छ । बजार घटेको बेला खरीदका लागि उपयुक्त समय हुन्छ । यसबाट हामीले शेयर बजारमा लगानी गर्नु पूर्व कम्पनीको आधारभुत पक्ष जस्तै सञ्चालक समिति ,कम्पनीको विगत १० देखि पाँच वर्षको वित्तीय विवरणलाभांश लगायतका महत्वपूर्ण पक्षहरुमा ध्यान दिनुपर्ने हुन्छ ।  लगानीकर्ता वा कारोबारहरुले कम्पनीको आधारभुत तथा प्राविधिक कुराहरु सबै  जान्नु जरुरी हुन्छ । बजारको मनोविज्ञान पनि बुझ्नु जरुरी हुन्छ । नबुझी गरिएको लगानी डुब्न सक्छ । सोही कारण पनि यदि तपाई शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने  पहिला अध्ययन,अनुसन्धान र योजना बनाएर मात्र लगानी गर्न उचित हुन्छ । अनि मात्र बल्ल बन्न सकिन्छ शेयर बजारबाट सफल लगानीकर्ता ।

प्रेरक प्रसंग : पुल बनाउने संकल्प

सन् १८८३ मा इन्जिनियर जोन अगस्टसले न्युयोर्क सहर र लङ आइल्यान्डलाई एक–आपसमा जोड्ने गरी एक सानदार पुल बनाउने योजना अघि सारे । उनको योजना सफल भएमा त्यो पुल त्यतिवेलासम्म संसारभर बनेका...

किन सफल हुँदैनन् आवधिक योजना ?

काठमाडौं । १५औं योजनापत्रमा आर्थिक वर्ष (आव) २०८०/८१ मा १० प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको थियो । तर, सरकारले चालू आव २०८०/८१ का लागि आर्थिक वृद्धिको लक्ष्य नै ६ प्रतिशत राखेको छ । राष्ट्रिय योजना आयोगले बनाएको उक्त योजनापत्रमा प्रमुख शहरमा मेट्रो रेल र १८ स्थानमा औद्योगिक क्षेत्र निर्माणजस्ता कार्यक्रम थिए । नेपालको सरकारी काम गराइ हेर्दा मेट्रो रेल त असम्भव सपना नै थियो, औद्योगिक क्षेत्र निर्माणजस्तो सम्भव काम पनि भएको छैन । १५औं योजनामा समावेश भएका प्राय: लक्ष्य अधुरै छन् ।  राष्ट्रिय योजना आयोगले १६औं योजनापत्र निर्माण गरिरहँदा यसको नियति पनि अघिल्लोकै जस्तो हुने संशय व्याप्त छ । योजनाको लक्ष्य नै महत्त्वाकांक्षी हुँदा कार्यान्वयन हुन नसकेको मानिन्छ । स्रोत, साधन, सामथ्र्य नहेरी हचुवाका भरमा तयार पारिएका योजना र लक्ष्य प्राप्तिका लागि गरिएका पहलको प्रभावकारितामाथि सधैं प्रश्न उठ्दै आएको छ ।  आवधिक योजनाले राखेका लक्ष्य प्राप्त नहुनुका पछाडि यथार्थपरक योजना बन्न नसक्नुदेखि राजनीतिक अस्थिरतासम्मलाई कारण मान्छन् विज्ञहरू । आवधिक योजनाका लक्ष्य कत्तिको यथार्थपरक छन् र त्यो प्राप्त गर्न राजनीतिक नेतृत्वले कस्तो भूमिका खेलेको छ भनेर बुझ्नुपर्ने त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र विभागका प्रमुख डा.शिवराज अधिकारी बताउँछन् ।  उनका अनुसार योजना आयोगले प्रकाशन गर्ने किताब लोकसेवाका परीक्षार्थीबाहेक अरूलाई काम लाग्ने खालका छैनन् । ती उत्पादन र अर्थतन्त्रमा योगदान दिने खालका छैनन् । उनी एकाधबाहेक आजसम्मका कुनै पनि आवधिक योजना कार्यान्वयनलाई सफल मान्न नसकिने बताउँछन् । त्यसैको निरन्तरता १५औं योजनापत्रमा देखियो । ‘दीर्घकालीन योजना सफल भएको उदाहरण छैन । किनकि योजना बनाउने प्रक्रिया नै राम्रो छैन । तय गरिएका लक्ष्य प्राप्त गर्न राजीतिक दलहरूमा दीर्घकालीन अठोट र प्रतिबद्धता छैन, सरकारी निकायले कार्यान्वयनमा चासो नै देखाउँदैनन्,’ उनले भने ।  आवधिक योजनाका लक्ष्य प्राप्त भए/नभएको बारे सरकार र राजनीतिक नेतृत्वले चासो नदिने, सहकार्य तथा समन्वय नगर्ने र त्यो विषयलाई प्राथमिकतामा समेत नराख्ने गरेको डा.अधिकारीको बुझाइ छ । उनका अनुसार लक्ष्य तोकिसकेपछि त्यो प्राप्त गर्न प्राथमिकतासाथ काम गर्नुपर्छ । त्यसैलाई राष्ट्रिय लक्ष्य मानेर सरकार, राजनीतिक दल र नेताहरू प्रतिबद्ध भएर जानुपर्छ । तर, हामीकहाँ बजेट ल्याएको ३ महीनापछि कार्यान्वयन गर्नुको साटो बजेट नै हेरफेर गर्ने चलन छ । यस्तो प्रवृत्तिले राम्रो नतिजा नदिने अधिकारी बताउँछन् । निजीक्षेत्रको प्रतिनिधि संस्था नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल महत्त्वाकांक्षी योजना राखिएकै कारण कार्यान्वयन हुन नसकेको बताउँछन् । उनका अनुसार स्रोत, साधन, सामथ्र्य नहेरी हचुवाका भरमा तयार पारिएका योजना कागजमा सीमित भए । त्यसैले अब वस्तुनिष्ठ कार्यान्वयनमुखी लक्ष्य राखेर योजना बनाउनुपर्ने उनको सुझाव छ । ‘१६औं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन जरुरी छ । मुलुकका प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग एवं निर्यातको वातावरण सृजना गर्नेगरी योजना तर्जुमा गरिनुपर्छ,’ उनले भने ।  नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने भएकाले त्यसपछिको अवस्थालाई ध्यान दिएर रणनीति बनाउनुपर्ने उनी बताउँछन् । ‘नेपाल अबको केही वर्षमै विकासशील राष्ट्रमा प्रवेश गर्दै छ, त्यसपछि यूरोपेली मुलुकबाट पाइरहेको व्यापार सहुलियत गुमाउँछ,’ उनी भन्छन् । मल्लका अनुसार भारत र चीनका ठूला बजारलाई जोड्न रणनीतिक सडक निर्माणको विषय १६औं योजनामा समेटिनुपर्छ । उत्तर–दक्षिण जोड्ने सडक पूर्वाधार एवं रेल निर्माणको विषय राष्ट्रिय प्राथमिकतामा पर्नुपर्छ । हालै योजना आयोगले १६औं योजनापत्रको अवधारणामा १५औं योजनाको समीक्षा गरेको छ, जसमा कोभिड महामारी, विश्वस्तरमा आएको राजनीतिक द्वन्द्व र अर्थतन्त्रमा संरचनागत सुधारको लक्ष्य पूरा गर्न नसक्दा १५औं योजनाको लक्ष्य प्रभावित भएको विश्लेषण गरिएको छ । कस्तो आउला १६औं योजनापत्र ? योजना आयोगले तयार गरेको अवधारणामा १६औं योजनाको आवश्यकता, योजना तर्जुमाका आधार, दीर्घकालीन सोच २१००, १५औं योजनाको लक्ष्य र कार्यान्वयनको अवस्था, समष्टिगत आर्थिक परिसूचकको प्रगति समीक्षा, १६औं योजनाको कार्यदिशा, समष्टिगत रणनीति, संरचनागत रूपान्तरणका क्षेत्रलगायत विषय समावेश छन् । अवधारणामा सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाइएको छ । राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी र आवासलगायत क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु र सामाजिक जीवन, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि प्राप्त गर्नु १६औं योजनाको लक्ष्य हुने भनिएको छ । संरचनागत रूपान्तरणका क्षेत्रमा समष्टिगत आर्थिक आधारहरूको सबलीकरण, उत्पादन र तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित एवं समावेशी रोजगारीका अवसर सृजना, मानव पूँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय समन्यायिक एवं जीवनोपयोगी शिक्षा, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तीकरण, समावेशीकरण र सामाजिक सुरक्षा, अवाञ्छित तथा अनौपचारिक कारोबार नियन्त्रण, विनियोजन कुशलता तथा पूँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपद् व्यवस्थापन, दिगो विकास र सुशासन प्रवर्द्धन, प्रभावकारी सार्वजनिक सेवा प्रवाहलगायत विषय पनि अवधारणामा समेटिएका छन् ।  माघभित्रै ल्याउन लागिएको योजनापत्रमा यी विषयलाई सम्बोधन गर्नेगरी लक्ष्य तय गरिँदै छ । अहिले पनि महत्त्वाकांक्षी लक्ष्य नै राखिने सम्भावना छ । १६औं योजनामा जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिनेछ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ १६औं योजना सामाजिक न्याय र सुशासनसहितको आर्थिक समृद्धिमा केन्द्रित हुने बताउँछन् । उनका अनुसार कृषिको पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रको वस्तुनिष्ठ अध्ययन गरेर योजना तर्जुमा गर्ने काम भइरहेको छ । ‘अतिकम विकसित मुलुकबाट नेपाल स्तरोन्नति भएपछि यूरोपेली मुलुकबाट पाउँदै आएको व्यापार सहुलियतमा केही असर गर्न सक्छ । यसका लागि पनि हामीले तयारी गरिरहेका छौं,’ उपाध्यक्ष श्रेष्ठले भने । औद्योगिक क्षेत्र विस्तारमार्फत निर्यात वृद्धि एवं वैदेशिक लगानी भित्त्याउन आयोगले तयारी गरिरहेको श्रेष्ठको भनाइ छ ।

साल्पासिलिछो गाउँपालिकाले पञ्चवर्षे योजना निर्माण गर्ने

भोजपुर– यहाँको साल्पासिलिछो गाउँपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले पञ्चवर्षे योजना निर्माण गर्ने भएको छ । पालिकाले सञ्चालन गर्ने कार्यक्रमलाई सफल बनाउनका साथै विकासमा साझा धारणा बनाउनका लागि पञ्चवर्षे योजना निर्माण गर्न लागिएको हो । स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका विज्ञबाट आएका सल्लाह सुझाव तथा परामर्शका आधारमा आवधिक पञ्चवर्षे योजना निर्माण […]

नेपालमै अम्रिसोबाट कागज बनाउने सफल परीक्षण

काठमाडौं । नेपालमै पहिलोपटक अम्रिसोबाट कागज बनाइएको छ । ब्रिटिश काउन्सिलको सहयोगमा गैरसरकारी संस्था विघ्नहर्ता नेपालले अम्रिसोबाट कागज बनाउने सफल परीक्षण गरेको हो । संस्थाकी सहसंयोजक रजिया बानुले नेपालमा पहिलोपटक अम्रिसोबाट कागज बनाइएको दाबी गरिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका एक कर्मचारीले पनि नेपालमा अहिलेसम्म अम्रिसोबाट कागज बनेको आफूले जानकारी नपाएको बताए । संस्थाकी सहसंयोजक बानुले कागज बनाउन २० प्रतिशत बाबियो, ४० प्रतिशत लोक्ता र ४० प्रतिशत अम्रिसोको प्रयोग गर्ने गरेको बताइन् । उनले अम्रिसोबाट बन्ने कागज गुणस्तरीय हुने दाबी गरिन् । ‘कागजको गुणस्तर मेसिनमा पनि भर पर्छ । राम्रो मेसिन भए यसबाट अल्लोभन्दा राम्रो कागज बनाउन सकिन्छ,’ उनले भनिन् । यसबाट बन्ने कागज बहुउपयोगीसमेत भएको उनको दाबी छ । ‘यो कागज विभिन्न वस्तु तथा संरचना निर्माणमा प्रयोग गर्न सकिन्छ,’ उनले भनिन् । मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित चेपाङ बस्तीलाई उक्त कागज बनाउने मेसिन हस्तान्तरण गर्ने योजना रहेको उनले बताइन् । साथै, कागजको उत्पादन बढाउन र त्यसको बजारीकरण गर्ने योजना छन् । ‘चेपाङ समुदायलाई आर्थिक गतिविधिमा जोड्नुपर्ने छ,’ उनले भनिन्, ‘अम्रिसोबाट कुचोे, डाँठबाट कागज र डाँठबाट निस्किएको फोहोरबाट बायोमास बनाएर चेपाङ समुदायलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्ने योजना छ ।’

नेपालमै अम्रिसोबाट कागज बनाउने सफल परीक्षण

काठमाडौं । नेपालमै पहिलो पटक अम्रिसोबाट कागज बनाइएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा गैरसरकारी संस्था विघ्नहर्ता नेपालले अम्रिसोबाट कागज बनाउने सफल परीक्षण गरिएको हो ।  संस्थाकी सहसंयोजक रजिया बानुले नेपालमा पहिलो पटक अम्रिसोबाट कागज बनाएको दाबी गरिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका एक कर्मचारीले पनि नेपालमा अहिलेसम्म अम्रिसोबाट कागज बनेको आफूले जानकारी नपाएको बताए ।  संस्थाकी सहसंयोजक बानुले कागज बनाउन २० प्रतिशत बाबियो, ४० प्रतिशत लोक्ता र ४० प्रतिशत अम्रिसोको प्रयोग गर्ने गरेको बताइन् । साथै उनले अम्रिसोबाट बन्ने कागज गुणस्तरीय हुने दाबी गरिन् । ‘कागजको गुणस्तर मेसिनमा पनि भर पर्छ । राम्रो मेसिन भए यसबाट अल्लोभन्दा राम्रो कागज बनाउन सकिन्छ,’ उनले भनिन् ।  यसबाट बन्ने कागज बहुउपयोगीसमेत भएको उनको दाबी छ । ‘यो कागज सरकारी कार्यालयदेखि क्राफ्ट बनाउनसम्म प्रयोग गर्न सकिन्छ । यस्तै, पेपर ब्याग बनाउन पनि उपयुक्त हुन्छ,’ उनले भनिन् ।  उनले मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित चेपाङ बस्तीलाई उक्त कागज बनाउने मेसिन हस्तान्तरण गर्ने योजना सुनाइन् । त्यसका साथै कागजको उत्पादन बढाउन र त्यसको बजारीकरण गर्ने योजनामा छन् ।  ‘अब हाम्रो प्राथमिकता चेपाङ समुदायलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्ने छ,’ उनले भनिन्, ‘अम्रिसोबाट कुचोे, डाँठबाट कागज र डाँठबाट निस्किएको फोहोरबाट बायोमास बनाएर ‘सर्कुलर इकोनोमी’बाट चेपाङ समुदायलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्ने योजना छ ।’

नीलकण्ठ बहुमुखी क्याम्पसलाई विश्वविद्यलय बनाउने डा। रामकुमार उद्घोष

धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा १ बाट २०७४ विजय भएका डा। रामकुमार अधिकारी पुन बागमती प्रदेश सभा सदस्य हुन जनअदालतमा उभिएको छन् । पाँच वर्षमा एक हजार ८२ वटा योजना आफ्नो निर्वाचन क्षेत्रमा ल्याउन सफल भएको भएका डा अधकारी मतदाताको निर्णय अन्तिम हुने भएकाले कामको आधारमा मूल्यांकन गरेर मतदान गर्नु हुन्छ […]

‘एमालेलाई बन्दी बनाउने योजना सफल हुँदैन ’

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा  एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै नेता उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए ।उनले एमालेलाई बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गरे । प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गरे । नगरपालिकाका प्रमुख उद्धव खरेलले स्थानीय तहको वर्तमान कार

कसरी सफल बनाउने स्टार्टअप ?

अहिले नेपालमा पनि आफ्नै ‘स्टार्टअप’ शुरू गर्ने युवाहरूको जमात बढेको छ । केहीले योजना बनाएर स्टार्टअप शुरू गर्छन् भने केही अरूको देखेर । सन् २०२० का अनुसार स्टार्टअपको फेलिएर रेट ९० प्रतिशत छ अर्थात १० वटा स्टार्टअपमा ९ वटा स्टार्टअप असफल हुन्छ र बाँकी एउटा स्टार्टअप मात्रै सफल हुन्छ । तर यसो भनिरहँदा तपाईले शुरू गरेको स्टार्टअप फेल हुन्छ भनेको होइन । राम्रोसँग योजना...