सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिएकी छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सबै क्षेत्रका श्रमिकहरूलाई अनिवार्य रुपमा लागु गरिने बताएकी छिन्।...
दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ठेकेदारले काम नगर्दा योजनाहरु अलपत्र परेको बताइन्। दाङको गढवामा आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तरगत गठन हुन थालेको सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो भेलालाई सम्वोधन गर्दै उनले ठेकेदारकै कारण धेरै योजनाहरु अलपत्र परेको भन्दै अलपत्र आयोजना अघि बढाउने दिशामा सरकारले पहल गरिरहेको बताएकी हुन्। ‘पैसा पनि […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फुल्चोकी माध्यमिक विद्यालयको ६४औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुँदै मन्त्री शर्माले स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जुन पालिकाका जनप्रतिनिधि …
अर्थमन्त्री जनार्दन शर्माले सरकारले बीमा कलेजको स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् । आज बीमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गर्दै मन्त्री शर्माले बीमा सम्बन्धि पढाइ सञ्चालन गर्ने गरी बीमा कलेज स्थापना गरिने बताए । उनले बीमा कम्पनीहरु सहर केन्द्रित भएको भन्दै यसलाई दुरदराजसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । क्षति न्युनीकरण गर्न बीमको सुरुवात भएको भन्दै सरकारले यसलाई व्यवस्थित गर्ने योजना अघि सारेको शर्माले बताए । प्रदेश कार्यालयलाई धेरै अधिकार दिएको अब कर्णाली प्र
अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला सबै पक्षले जवाफदेही भएर काम गरे मुलुकको आर्थिक विकास तिव्रगतिमा हुने बताएका छन्। संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएका योजना समय नै कार्यान्वयन गरेर जवाफदेही भए आर्थिक वृद्धि तिव्रगतिमा अगाडि बढ्ने सम्भावना रहेको बताएका हुन्। मन्त्री शर्माले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा विविध […]
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आयोजनाहरूले नै ऋण तिर्न सक्ने गरी लगानी योजना बनाउनुपर्ने बताउनुभएकाे छ । आज आइतवार लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी विस्तृत सम्झौता पत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
अर्थमन्त्री शर्माले भन्नुभयाे, ‘अब हामीले योजना बनाउँदा ऋण जनताको टाउकोमा बोकाउन हुँदैन । आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनुपर्छ । जलविद्युतमा मात्रै नभएर अन्य पूर्वाधारका क्षेत्रमा लगानी भित्र्याउनुपर्ने आवश्यक छ ।’
...
अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानूनमा ठूला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। बुधबार मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानून सम्बन्धी छलफलमा यस्तो बताएका हुन् ।मन्त्री शर्माले झन्झटिलो कानून र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने धारणा राखेका हुन् । ‘अख्तियार, कानून तथा अदालतलगायतले ठूला आयोजनाहरू नरोकिउन्’, मन्त्री शर्माले भने , ‘सरल र रुकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ ।’ उनले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानून तर्जुमा गर्नुपर्ने बताएका हुन् । राजनीतिक प्रकृति र राजनीतिक आवश्यकताका आधारमा योजनालाई छुट्याउन आवश्यक रहेको बताए । कतिपय राजनीतिक प्रकृतिका योजनाका कारण खर्च हुन नसकेको भन्दै उनले आवश्यकताका आधारमा योजनाको छनोट गर्नुपर्नेमा धारणा राखे ।उनले कानुन निर्माताहरूले विगतमा राम्रोसँग अध्ययन नगरीकनै कानून पास गरिदिँदा पनि अहिले समस्या निम्तिएको जिकिर गरे। त्यसैले अब सूक्ष्म अध्ययन गरेर कानून निर्माण गर्नुपर्ने उनले बताए । यस्तै हरेक टेबल–टेबलमा आफ्नै किसिमको मनमौजीले विकास निर्माणका कार्यहरू रोकिने गरेको भन्दै त्यस्तो मानसिकता त्याग्नुपर्ने पनि मन्त्री शर्माले बताए। बैठक मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी तथा विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिको सहभागितामा भएको थियो । बैठकमा वर्तमान खरिद कानून, पुँजीगत खर्चको लक्ष्य प्राप्तिमा समस्या, निकायगत समन्वयको अवस्था तथा वित्तीय अनुशासनलगायतका विषयमा छलफल भएको थियो ।
कास्की – अर्थ मन्त्री जनार्दन शर्माले पोखरा–काठमाण्डाै सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना सुनाउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले आज शुक्रवार कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभएको हो ।‘पोखरा–काठमाण्डाैलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङ मार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘पोखर...
रुकुम पश्चिम – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कर्णालीका प्रत्येक नागरिकलाई धनी बनाउने आफ्नो सपना रहेको बताउनुभएको छ । उहाँले अझ रुकुमका नागरिकलाई कसरी स्वरोजगार बनाउने र कसरी समृद्ध समाज बनाउने भनेर प्रदेश सरकार विभिन्न योजना बनाएर कार्यान्वयनतर्फ लागेको उल्लेख गर्नुभयो ।
आज आइतवार रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय प्रगतिशील युवा क्लबले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा बोल्नु हुँदै मन्त्री शर्माले गरिबलाई धनी र धनीलाई समुन्नत ब...