घट्दो बजारमा कसरी सफल लगानीकर्ता बन्ने ?

काठमाडौं । पछिल्लो समय शेयर बजारबाट सजिलै पैसा कमाउन सकिन्छ भन्ने भान धेरैलाई हुन थालेको छ । तर शेयर बजारबाट पैसा कमाउन त्यति सजिलो भने पक्कै छैन । शेयर बजार भनेको यस्तो क्षेक्र हो जहाँ एक व्यत्तिले कमाएको हुन्छ भने अरु कयौंले गुमाएका हुन्छन् । यस्तो अवस्थामा सफल लगानीकर्ता कसरी बन्ने त ? सबैभन्दा पहिलो स्वयम आफू आफ्नो लगानीको जिम्मेवारी कसरी बहन गर्ने भन्ने एकिन गर्नुपर्दछ  । किनकी शेयर बजारलाई कहिले राजनीतिकदेखि नितीगत कुराले प्रभाव पारिरहेको हुन्छ । अझ भनौं यी तत्वहरुले नै शेयरबजारलाई सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने गर्दछन् । यस्तो अवस्थामा आफुले गरेको लगानी नाफा अथवा घाटा हुने गर्दछ । त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिन सक्नु पर्छ  । घाटाको दोष अरु कसैलाई लगायौं भने हामी कहिल्यै सफल लगानीकर्ता सक्दैनौं । शेयर बजारमा सफल लगानीकर्ता बन्नका लागि आफुले निश्चित नियम बनाउने गर्नु पर्दछ । जस्तोकी मैले लगानी गरेको कम्पनीबाट वार्षिक कति प्रतिफल लिने, अल्पकालिन लगानी गर्ने  कि दिर्घकालिन लगानी गर्ने ? यसबारे सर्वप्रथम एकिन हुनुपर्छ । त्यसपछि आफुले कस्तो खालको लगानी गर्ने भन्ने एकिन भएपछि यति बजार घटेमा वा बढेमा जोखिम,प्रतिफल र स्टपलस बारे स्पष्ट हुनु जरुरी छ । कसैको हल्ला, लहैलहैमा लागेर शेयरबजारमा लगानी गर्नुहुँदैन, आफुले बनाएको योजनालाई अनुशासित रुपमा कार्यान्वयन गरेमा घट्दा होस या  बढ्दा होस बजारबाट सफल बन्न सकिन्छ ।  त्यसपछि आफूले योजनाबद्ध रुपमा गरेको लगानी कत्तिको सफल भएको छ या छैन भनेर निरन्तर गहन अध्ययन गर्नुपर्दछ ।   शेयर बजारका बादशाह भनेर चिनिन्छ छन् वारेन बफेट । उनी बर्कशायर ह्याथवे कम्पनीका अध्यक्ष हुन  । वारेन बफेटको लगानी टिप्स धेरै प्रसिद्ध छन् । विश्व शेयर बजारमा थुप्रै लगानीकर्ताले उनका टिप्स फलो गर्छन् ।  पछिल्लो समय नेपाली शेयर बजारमा बढेपछि मात्र खरीद गर्न तर्फ थाल्छन भने घट्दै गर्दा आक्तिएर वित्री गर्ने प्रवृक्ति छ धेरै  लगानीकर्ताको । यसकारण कसरी ,कस्तो समयमा शेयर खरीद वित्री गर्ने,कस्ता कम्पनीको शेयर खरीद गर्ने जस्ता याबत कुरामा ध्यान दिनु जरुरी हुन्छ ।  पछिल्लो समय  राम्रो सँग नबुझेर अरुको हल्लामा लगानी गर्दा धेरै जनाले घाटामा गएको  गुनासो गर्ने गर्दछन् ।  हेरौ वारेन बफेटका यी टिप्स ?   १ सबै लोभी हुँदा डराउनु र सबै डराउँदा लोभी हुनु  लगानी सम्बन्धी बफेटको एउटा भनाइ एकदमै चर्चित छ । उनले भनेका छन्, ‘जब शेयर कारोबारमा अरु लोभी हुन्छन त्यतिबेला हामी डराउनु पर्छ र अरु डराएको बेला आफू लोभी हुनुपर्छ ।’ यो भनाइको मुल आशय, बजारको हल्लाको पछी नलाग्नु भन्ने हो । वफेटका अनुसार हामीले बजारमा धेरै चर्चामा रहेका शेयरमा कम ध्यान दिनु पर्छ । हामीले बजारमा कम चर्चा पाएका तर राम्रो सम्भावना भएका कम्पनीमा लगानी गर्नु पर्छ   २ आफूले लिन सक्ने जोखिम मात्र उठाउनुहोस्  वारेन बफेट मानिसले आफूले उठाउन सक्ने जोखिममात्रै लिनुपर्ने सुझाव दिन्छन्। ‘खोलाको किनारमा बसेर दुवै खुट्टा पानीमा राखेर गहिराइ नाप्ने प्रयास गरेमा डुब्न सकिन्छ । यसका लागि एउटा हातले किनारलाई बलियो गरी समातेर एक खुट्टामा आफ्नो सन्तुलन र अर्को खुट्टाले नदीको आँकलन गर्नु जरुरी छ । यसरी खोलाको गहिराइ मापन गरेमा डुब्नबाट बच्न सकिन्छ’, बफेटले भनेका छन ् ।  ३ आफैँले अनुसन्धान गर्नुहोस्  वारेन बफेट निहीत स्वार्थमा लागेका मानिसको अनुमान वा भविष्यवाणीमा कहिल्यै विश्वास नगर्न सुझाव दिन्छन्। ‘लगानीको मामिलामा विशेषज्ञ वा एजेन्टहरुको आफ्नै स्वार्थ हुन्छ’, उनले भनेका छन्, ‘त्यसैले लगानी गर्नुअघि सधैँ आफैँ अनुसन्धान गर्नुहोस् । कम्पनीको कार्यसम्पादन वा नतिजामा आँखा चिम्लिएर विश्वास गर्नु जोखिमपूर्ण हुन सक्छ ।’ यसको अर्थ पछिल्लो समाजिक सञ्जालमा यो कम्पनी किन्नुस अथवा यो राम्रो छ भनेर धेरैले अभिब्यक्ति दिएका हुन्छन् । यस कारण सबै आफ्नो स्वार्थ अनरुप कम्पनीको प्रचार प्रसार गरेका हुन । यस कारण लगानी गर्ने कम्पनीमा  आफैले सुक्ष्म अनुसन्धान गनुपर्छ ।   ४ सक्स होस् वा स्टक्स, क्वालिटीमा ध्यान दिनुहोस्  वारेन बफेट सक्स (मोजा) होस् या स्टक्स (शेयरहरु) गुणस्तरमात्र किन्नुपर्ने सुझाव दिन्छन्। ‘त्यो पनि सस्तोमा किन्नुहोस उनले भनेका छन्, ‘आधारभूत अवस्था राम्रो भएका कम्पनीको मात्र शेयर किन्नुर्छ । अझ त्यस्ता शेयर निकै तल्लो विन्दुमा आएको बेला खरीद गर्नुपर्छ । बजार घटेको बेला खरीदका लागि उपयुक्त समय हुन्छ । यसबाट हामीले शेयर बजारमा लगानी गर्नु पूर्व कम्पनीको आधारभुत पक्ष जस्तै सञ्चालक समिति ,कम्पनीको विगत १० देखि पाँच वर्षको वित्तीय विवरणलाभांश लगायतका महत्वपूर्ण पक्षहरुमा ध्यान दिनुपर्ने हुन्छ ।  लगानीकर्ता वा कारोबारहरुले कम्पनीको आधारभुत तथा प्राविधिक कुराहरु सबै  जान्नु जरुरी हुन्छ । बजारको मनोविज्ञान पनि बुझ्नु जरुरी हुन्छ । नबुझी गरिएको लगानी डुब्न सक्छ । सोही कारण पनि यदि तपाई शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने  पहिला अध्ययन,अनुसन्धान र योजना बनाएर मात्र लगानी गर्न उचित हुन्छ । अनि मात्र बल्ल बन्न सकिन्छ शेयर बजारबाट सफल लगानीकर्ता ।  

सम्बन्धित सामग्री

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने

काठमाडौं । सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ’पशुपतिप्रसादः भष्मे डन’ राखिएको छ । शुक्रबार पशुपति क्षेत्रमै मुहूर्त गर्दै यही चैत १० गतेदेखि छायाङ्कन गर्ने जानकारी लेखक तथा निर्माता खगेन्द्र लामिछानेले दिनुभयो । अभिनेता […] The post पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने

काठमाडौँ – सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ’पशुपतिप्रसादः भष्मे डन’ राखिएको छ । शुक्रबार बिहान पशुपति क्षेत्रमै मुहूर्त गर्दै यही चैत १० गतेदेखि छायाङ्कन गर्ने लेखक तथा निर्माता खगेन्द्र लामिछानेले जानकारी दिए । […]

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने

सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ’पशुपतिप्रसाद’ ‘ भष्मे डन’ राखिएको छ । शुक्रबार बिहान पशुपति क्षेत्रमै मुहूर्त गर्दै यही चैत १० गतेदेखि छायाङ्कन गर्ने जानकारी लेखक तथा निर्माता खगेन्द्र लामिछानेले दिनुभयो । अभिनेता […]

सफल विद्यालय

सफल बन्ने सपना सबै विद्यालयको हुन्छ, तर जुन विद्यालयसँग स्पष्ट अल्पकालीन र दीर्घकालीन दृष्टिकोण छ, पुग्नलाई गन्तव्य छ, यात्रा गर्ने चाहना र अठोट छ, उनीहरू मात्र त्यो सहयात्रामा लागिरहन सक्छन् ।

‘आरआरआर’ को सिक्वेल बन्ने

जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजमौलीले ‘आरआरआर २’ बन्ने सार्वजनिक गरेपनि फिल्मको विषयमा अन्य जानकारी दिएका छैनन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । ‘आरआरआर’ को सिक्वेल बनाउने सोचमा हुनुहुन्छ ? यसबारे उनले

सफल उद्यमी/व्यवसायी कसरी बन्ने ?

जीवनमा हरकोही मान्छे सफल बन्न चाहन्छ । असफल भन्ने शब्द उच्चारण मात्र पनि गर्न चाहन्न । सफल बन्नका लागि कसैले धेरै त कसैले कम संघर्ष गर्छन् । यद्यपि, सबै मुकेश अम्बानी, बिल गेट्स...

सफल व्यक्ति कसरी बन्ने ? पढ्नुहोस् यस्ता छन् उपाय

सबै मान्छेको इच्छा भिन्ना भिन्ने हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैनन् । कोही डक्टर बन्न चाहन्छन् भने कोही खेती किसानी गरेरै आफूलाई स्थापित गर्न चाहन्छन् । तर सबैको एउटै चाहना हुन्छ आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् । कुनै पनि काममा कसरी सफल हुने त ? यो आलेख सपल हुन चाहने व्यक्तिका लागि केही हदसम्म प्रेरणादायी बन्न सक्छ । – आफ्नो कामलाई माया गर्नुहोस् । यसो गर्दा जीवन सुखी र स...

कांग्रेस महाधिवेशन : नेता बन्ने 'लालसा'

क्षेत्रीय प्रतिनिधि बढाउन खोजिने नेताहरुको गुटगत रणनीतिले पनि क्षेत्रीय प्रतिनिधिको लालसा वडा तहमा बढाईदिएको छ। क्षेत्रीय प्रतिनिधि बन्ने ईच्छा नै नराखेका कांग्रेसीहरुलाई पनि नेता बिशेषले आफूलाई सफल बनाउनका लागि प्रोत्साहन गर्ने काम भैरहेको छ।...

सफल व्यक्ति कसरी बन्ने ? यस्ता छन् सरल उपाय

सबै मान्छेको इच्छा भिन्ना भिन्ने हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैनन् । कोही डाक्टर बन्न चाहन्छन् भने कोही खेती किसानी गरेरै आफूलाई स्थापित गर्न चाहन्छन् । तर सबैको एउटै चाहना हुन्छ आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् । कुनै पनि काममा कसरी सफल हुने त ? यो आलेख सपल हुन चाहने व्यक्तिका लागि केही हदसम्म प्रेरणादायी बन्न सक्छ । – आफ्नो कामलाई माया गर्नुहोस् । यसो गर्दा जीवन...