बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालयले महारानी एलिजाबेथ द्वितीयसँग माफी मागेको छ। राजकुमार फिलिप (महारानीका पति) को अन्तिम संस्कारको अघिल्लो दिन प्रधानमन्त्री कार्यालयमा दुईवटा पार्टी गरिएको सार्वजनिक भएपछि जोन्सनको कार्यालयले माफी मागेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। सन् २०२१ को अप्रिल १६ मा भएको पार्टी तीन घण्टाभन्दा लामो समय चलेको थियो। यससम्बन्धी खबर पहिलोपटक द टेलिग्राफले प्रकाशित […]