अध्यादेश राष्ट्रपति कार्यालयमा, गगन, विश्व र प्रदीपको बिरोध

सरकारले हिसात्मक गतिविधिमा संलग्नलाई माफी दिएर मूलधारको राजनीतिमा ल्याउन भन्दै नरसंहारमा संलग्न रेशम चौधरीलाई रिहा गर्ने गरी ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको थियो । सत्तास्वार्थका लागि कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका …