काठमाण्डौ – वैदेशिक रोजगार विभागले देशगत रूपमा समूह बनाएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदान गर्न निर्देशन दिएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि अनिवार्य गरिएको पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रभावकारी नभएको भन्दै विभागले अनिवार्य रूपमा देशगत रूपमा समूह बनाएर अभिमुखीकरण तालिम प्रदान गर्न निर्देशन दिएको हो ।
एउटा कक्षामा बढीमा २५ जनासम्म प्रशिक्षार्थी राखी एक दिनमा एउटा कलष्टरको बढीमा तीन वटासम्म कक्षा सञ्चालन गर्न सक्ने र त्यसका लागि आवश्यक पूर्वाधार तालिम प्र...