अभिमुखीकरण तालिम पाठ्यक्रम परिमार्जन,अब वैदेशिक रोजगारमा जानुअघि सिकाइन्छ यी कुरा

काठमाण्डौ – वैदेशिक रोजगार पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रम कार्यान्वयन आएको छ ।  २०६९ फागुन २ गते स्वीकृत भई कार्यान्वयनमा रहेको पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रमलाई ससमयसापेक्ष रूपमा परिमार्जन गरी वैदेशिक रोजगार बोर्डले कार्यान्वयनमा ल्याएको हो ।  वैदेशिक रोजगार बोर्डले पाठ्यक्रमलाई ससमयसापेक्ष बनाउनका लागि विभिन्न चरणमा सर्वोच्च अदालत,राष्ट्रिय मानवअधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र समय समयमा नेपाल सरकारद्वारा  गठन भएका कार्यदलबाट प्राप्त राय, सुझाव र निर्देशनलाई आत्मसाथ गर्द...