मापदण्डअनुसार वैदेशिक रोजगार अभिमुखीकरण तालिम सञ्चालन गर्न महासंघको आग्रह

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले मापदण्डभित्र रहेर तालिम सञ्चालन गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानुपूर्व श्रम स्वीकृति लिइसकेपछि श्रमिकले अनिवार्य रुपमा दुई दिने अभिमुखीकरण तालिम लिनुपर्ने हुन्छ । तर पछिल्लो समय यी तालिम प्रदायक संस्थाले लापरबाही गर्ने गरेको, कक्षामा उपस्थित नभएकाहरुलाई पनि तालिम लिएको प्रमाणपत्र दिने गरेको लगायत आरोप लाग्न थालेपछि महासंघले त्यस्तो नगर्न सम्बन्धित संस्थाहरुलाई आग्रह गरेको हो । महासंघले विज्ञप्ति जारी गर्द...

सम्बन्धित सामग्री

वैदेशिक रोजगारसम्बन्धी तालिम प्रदायकसँग कर्मचारी विवरण माग

काठमाडौँ – वैदेशिक रोजगार विभागले विभागबाट अनुमतिप्राप्त गरी सञ्चालनमा रहेका वैदेशिक रोजगारसम्बन्धी काम गर्न इजाजतवाला अभिमुखीकरण तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग गरेको छ। तालिम प्रदायक संस्थाले तोकिएको मापदण्डअनुसार काम नगरेको गुनासो आएपछि विभागले यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण माग गरेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार विभागको […]

अभिमुखीकरण तालिम दिने संस्थाले विद्युतीय हाजिरी ३० दिनसम्म हटाउन नपाउने

५ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवालाई अभिमुखीकरण तालिम दिने संस्थाले अब विद्युतीय हाजिरी ३० दिनसम्म हटाउन नपाउने भएका छन् । वैदेशिक रोजगार विभागले विद्युतीय हाजिरीको डाटा सुरक्षित राख्न तालिम प्रदान गर्ने संस्थालाई निर्देशन दिएको छ । विभागकाअनुसार अभिमुखीकरण तालीम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन गर्दा प्रशिक्षार्थीहरुको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको […]

वैदेशिक रोजगारीमा जानेले तालिम लिनुपर्ने

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेले अभिमुखीकरण तालिम अनिवार्य लिन अनुरोध गरेको छ। अनुगमनका क्रममा अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएकाले अनिवार्य गर्न आग्रह गरेको हो। वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको विभागले जनाएको छ। अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो। उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार तालिम सञ्चालन नभ

वैदेशिक रोजगारीमा जानेका लागि सञ्चालन भइरहेको अभिमुखीकरण तालिम मापदण्ड विपरीत

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानेहरूका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा अनुगमन गर्दा मापदण्ड अनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।  अभिमुखीकरण तालिमहरू मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थाहरूमा अनुगमन गरेको थियो ।  वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिनु पर्ने सरकारी नियम छ । जसअनुसार तालि...

अनुगमनमा असहयोग गर्ने संस्थालाई विभागले कारबाही गर्ने

काठमाडौँ । वैदेशिक रोजगार विभागले अनुगमन तथा निरीक्षण कार्यमा असहयोग गर्ने संस्थालाई कारबाहीको चेतावनी दिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूले लिनुपर्ने अभिमुखीकरण तालिम दिने संस्थालाई विभागले कारबाहीको चेतावनी दिएको हो । विभागले गर्ने गरेको अनलाइन अनुगमनलाई सहयोग नगरेको भन्दै विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । कार्यविधि अनुसार […]

अनुगमनमा असहयोग गर्ने संस्थालाई विभागले कारबाही गर्ने

वैदेशिक रोजगार विभागले अनुगमन तथा निरीक्षण कार्यमा असहयोग गर्ने संस्थालाई कारबाहीको चेतावनी दिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरूले लिनुपर्ने अभिमुखीकरण तालिम दिने संस्थालाई विभागले कारबाहीको चेतावनी दिएको हो ।विभागले गर्ने गरेको अनलाइन अनुगमनलाई सहयोग नगरेको भन्दै विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । कार्यविधि अनुसार तालिम प्रदायक संस्थाहरूको विभागले समय समयमा अनुगमन तथा निरीक्षण गर्ने गर्छ । त्यसका लागि विभागको आधिकारिक नम्बर ९