काठमाण्डाै – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको छ ।
नेकपा माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई लेखेको पत्रअनुसार बिहीवारकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्याेगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरी सांसद पदबाट मुक्त भएको बैठकलाई जानकारी गराउनुभएको छ ।
गएको सोमवार माओवादी केन्द्रले अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह, कैलाली ४ का लेखराज भट्ट र क...