निर्वाचित भएको दल माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेका चार नेताले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । एमालेका स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी र लेखराज भट्ट, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरी आफूहरू माओवादीमै रहेको दाबी गर्दै अदालत गएका हुन् ।