घटना–एक : संखुवासभा खाँदबारीकी सपना सामाजिक सञ्जाल फेसबुकमा नास्नी माइकल नामका एक युवासँग प्रेममा परिन् । आफूलाई युकेको नागरिक बताउने माइकलले ती युवतीलाई आफैं फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएर प्रेममा पारे । कुराकानी लम्बिँदै गएपछि माइकलले सपनालाई करोडौँको उपहार पठाएको बताए ।उपहार लिनका लागि कुरियर गर्दा लाग्ने खर्चबापत माइकलले ५ लाख (नेपाली रुपैयाँ) पठाउनुपर्ने बताए । आफ्नो अनलाइन प्रेमीले करोडौँको बहुमूल्य उपहार पठाउन लागेकाले पैसा जम्मा गरिदिन सपनाले आमाबुबासँग रोइकराई गरिन् ।रकम जम