विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने मोरङ पथरी शनिश्वरे नगरपालिका-१० मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुका फेसबुक आइडि ह्याक गरी आइडीको दुरुपयोग गरी आइडिमा भएका साथीहरुसँग विभिन्न बहाना बनाई विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई...