काठमाडौं : खल्ती एप्सको कर्मचारी हौँ भन्दै अनलाइन ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सा छिपहरमाई-२ का १८ वर्षीय निरञ्जन कुमार गुप्ता र सोही ठाउँकै १८ वर्षकै करण यादव रहेको प्रहरीको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।उनीहरूले विभिन्न व्यक्तिहरूलाई फोन गरी आफूहरू खल्ती एप्सको कर्मचारी हौँ भनी नवीकरण गर्न लगाई अनलाइन ठगी गरेका हुन्।उनीहरूले मोबाईल नम्बर ९७४८३९६४९२ बाट फोन गरी तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा ओटिपी क