तारको सञ्जाल व्यवस्थित गर्न कानुन बनाउन आग्रह गरेका थियौं, सुनुवाई भएन : बालेन शाह

काठमाडौं । सहरी व्यवस्थापनसँग सम्बन्धित यसअघिका समस्यालाई यथावत् राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त नहुने भएकोले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन्। सडक किनारामा भएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न (ट्याग) लगाउन महानगरपालिकाले वैशाख ११ गते सार्वजनिक सूचना जारी गरेपछि मन्त्रालयहरूबाट पठाइएका पत्रहरूका सन्दर्भमा प्रतिक्रिया दिँदै प्रमुख शाहले यस्तो बताएका हुन् । ‘सहरलाई सुन्दर र व्यवस्थित बनाउन तथा नागरिकको जनधनको सुरक्षाका लागि हामी क्रियाशील छौं ।’ अव्यवस्थित तारका कारण गएको वर्ष ५३ ठाउँमा आगलागी भएको तथ्यांक उल्लेख गर्दै प्रमुख शाहले बताएका छन् ।  ‘तारको सञ्जाल व्यवस्थित बनाउन जस्ता कामको एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको थियो । त्यसतिर कुनै सुनुवाइ नभएपछि हामीले १५ दिनपहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न सूचना जारी गरेका थियौं,' उनले भने, 'समस्या सुनुवाइ होला भन्ने आश थियो । तर, त्यसविपरीत तार व्यवस्थापन गर्दा इन्टरनेटलगायत सेवा अवरुद्ध हुन सक्ने कारण देखाएर यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।’  महानगरले सूचना जारी गरेपछि वैशाख १२ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठायो । नेपाल टेलिकमबाट प्राप्त पत्रलाई उधृत गर्दै मन्त्रालयको पत्रमा भनिएको छ, ‘विभिन्न स्थानीय तहले सहरी सौन्दर्य कायम गराउने भनी दूरसञ्चार सेवा सञ्चालनका लागि सेवा प्रदायक कम्पनीले विस्तार गरेको केवल नेटवर्क अन्धाधुन्ध काटिदिने क्रम बढेकोले यस कार्यले टेलिफोन, इन्टरनेटलगायत सेवाहरू अवरुद्ध भइ सेवाबाट वञ्चित हुनु परेको अवस्था छ । केवल नेटवर्कहरू अन्धाधुन्ध काट्दा ठूलो परिणाममा केवल नेटवर्क विदेशबाट आयात गर्नुपर्ने भइ अनावश्यक रूपमा खर्च बढ्नुका साथै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न जाने हुन्छ ।’ सहरी सौन्दर्यमा संवेदनशील भइ सेवा उपलब्ध गराउन स्थानीय तहसँग समन्वय गरी तार व्यवस्थापनका लागि प्रयत्नशील रहने भन्ने टेलिकमको पत्र उधृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्थानीय तहसँग समन्वय गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रबाट आग्रह गरेको हो । के छ महानगरको सार्वजनिक सूचनामा ?  प्रमुख स्तरीय निर्णयबाट वैशाख ११ गते जारी गरिएको सार्वजनिक सूचनासँगै टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरू नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत् प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाइएको हो ।  सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरू दूरसञ्चार प्राधिकरण, सीसीटीभी क्यामरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केबुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन नेपाल (आईएसपीएएन) लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध गरिएको छ ।  सडक किनारामा भएका धेरै पोलहरू विद्युत् प्राधिकरणका हुन् । केही सेवाप्रदायकले प्राधिकरणसँग अनुमति लिएर तथा शुल्क तिरेर पोलमा तार राखेका छन् । धेरैले अनुमति लिएका छैनन् । दूरसञ्चार प्राधिकरणका अनुसार पोलमा देखिएका तारमध्ये करिब ७० प्रतिशत तार अनावश्यक हुन् । टाँङ्दै जाँदा उब्रिएको तार पोलमा गुजुल्टो पारेर राख्ने गरिएको छ । यसले पोलले क्षमताभन्दा धेरै भार बोकिरहेका छन् ।  तार हटाउन नगर प्रहरी उपरीक्षकको नेतृत्वमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी, एनसेल, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन नेपालका प्रतिनिधि रहने टोली गठन गर्ने महानगरको योजना छ ।  तार हटाउने कामको अनुगमन महानगरकी उपप्रमुखको संयोजकत्वमा सरोकारवाला कार्यालय तथा संस्थाका प्रतिनिधि रहने समितिले गर्नेछ । 

सम्बन्धित सामग्री

पीएल सिंहलाई भेट्न अस्पताल पुगे बालेन शाह

काठमाडौँ – पूर्वमन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहलाई भेट्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अस्पताल पुगेका छन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत सिंहलाई भेट्न मेयर शाह मंगलबार अस्पताल पुगेका हुन्। सिंह झण्डै डेढ सातादेखि पेटको रोगको उपचारका लागि अस्पतालमा छन्। अस्पताल पुगेर मेयर शाहले सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। त्यसक्रममा मेयर शाहले शीघ्र स्वास्थ्यलाभको कामना […]

जनताले चाहे बालेन शाह र म मिलेर छुट्टै पार्टी खोल्न सक्छौं : हर्क साम्पाङ राई

काठमाडौं, ३ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जनताले चाहे आफू पार्टी खोल्न पनि तयार रहेको बताएका छन् । ‘पार्टी खोल्ने कि नखोल्ने, त्यो कुरा पब्लिकले भन्ने हो । पब्लिकहरु बालेन शाह र म मिलेको हेर्न चाहनुहुँदो रहेछ । पब्लिक चाह्यो भने बालेन र म मिलेर पार्टी खोल्न पनि सक्छौं । तर नगरपालिका […]

निर्वाचन आयोगकाे निर्णयविरूद्ध रिट लिएर सर्वोच्च पुगे ‍मेयर बालेन शाह

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह निर्वाचन आयोगविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। मेयर शाहले आयोगले आफूमाथि ताेकेकाे जरिवानाकाे नियमविरूद्ध रिट लिएर आज (मंगलबार) सर्वोच्च पुगेका हुन्। निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो। आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। […]

मेयर बालेन शाह र अल्फा केयरका सञ्चालकबीच चर्काचर्की (भिडियाे)

काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह र अल्फा फार्मेसीका सञ्चालकबीच चर्काचर्की भएकाे छ। अवैध संरचना हटाउँदै हिँडेका मेयर शाह काठमाडाैँकाे नयाँ बानेश्वस्थित अल्फाबिटा भवनमा सञ्चालनमा आएकाे अल्फा केयर फार्मेसीकाे जग्गा नक्साकाे विषयकाे कुराकानीकाे क्रममा उनीहरूबीच चर्काचर्कीकाे अवस्था सिर्जना भएकाे हाे। अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ। पार्किङ भने सडक […]

काठमाडौंको फोहोर व्यवस्थापन : महानगर प्रमुख बालेन शाह घरदैलो अभियानमा (भिडियो)

काठमाडौं महानगरका मेयर बालेन शाह अहिले घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । महानगर प्रमुख शाह काठमाडौंको फोहोर  व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रमसहित  घरदैलो अभियानमा जुटेका हुन् ।काठमाडौं महानगरपालिकाले  अहिले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभियान सुरु गरेको छ । महानगरको सो कार्यक्रम साउन १ गतेदेखि लागू हुँदैछ ।  भिडियो :

राजेन्द्र महतोले भने- बालेन शाह परिर्वतनका संकेत

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह परिर्वनतको संकेत भएको बताएका छन्। शुक्रबार जारी प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिने क्रममा महतोले बालेन शाह समाज र राजनीति परिर्वतनको संकेत भएका बताएका छन्। मुलुकमा विकास र लोकतन्त्र कमजोर हुनुमा सबै राजनीतिक दल भागीदार भएको र दलहरु नसुध्रिए परिवर्तनको […]

काठमाडौँको मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौँ – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्। निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्। लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन्। त्यस्तै, कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय […]

काठमाण्डौमा बालेन शाह केशव स्थापित भन्दा ३१ सय मतले अगाडि

काठमाण्डौ– काठमाण्डौमा भइरहेको मतगणनामा बालेन शाह केशव स्थापित भन्दा ३१ सय मतले अगाडि रहनु भएको छ ।  मेयर पदका प्रत्यासी बालेन शाहले ६ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको छ भने उहाँलाई पच्छ्याउँदै नेकपा एमालेका केशव स्थापितले ३ हजार ५ सय ६२ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसकी सृजना सिंहले ३ हजार १ सय २६ मत प्राप्त गर्नु भएको छ ।  मतगणना जारी रहे पनि सभागृह बाहिर मतगणनाको परिणाम सुन्न आतुर नागरिक भने मतगणना ढिलाइ भएकोमा रुष्ट देखिन्छन् ।

१, २ र ३ वडामा पनि बालेन शाह नै अगाडि

काठमाडौँ-  महानगरको १, २ र ३ वडाको ११२० मत गणना सक्दा स्वतन्त्र उम्मेदवार बालेन शाह ४०२ मतका अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ३१९ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले २०२ मत ल्याएकी छन् भने राप्रपाका मदनदास श्रेष्ठले ५३ तथा विवेकशील साझाकी समीक्षा बास्कोटाले १३ मत पाएकी छन्। निर्वाचन अधिकृतको कार्यालयले […]

बालेन शाह त अन्तर्राष्ट्रिय ठग पो रहेछ : केशव स्थापित

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले स्वतन्त्र उम्मेदवार बालेन शाह ‘अन्तर्राष्ट्रिय ठग’ रहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले बालेनलाई 'दर्तावाल ठग' को आरोप लगाएका हुन्। ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। उ त अन्तर्राष्ट्रिय ठग रहेछ। हिजो टिकटक हेरेको त…