युनिटी ठगी प्रकरणः ८ वर्षदेखि विचाराधीन मुद्दामा ६ वर्षपछि विपक्षी झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले ८ वर्षदेखि विचाराधीन युनिटीसम्बन्धी ठगी मुद्दामा ६ वर्षपछि विपक्षी झिकाउने आदेश गरेको छ । बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले विपक्षी झिकाउने आदेश गरेको हो । २०७२ सालदेखि २०७७ सालसम्म दर्ता भएका निवेदन सर्वोच्चमा पेसी चढ्ने र सुनुवाइ नहुने क्रम चल्दै आएको थियो । रिट निवेदक भीमबहादुर गुरुङ, […] The post युनिटी ठगी प्रकरणः ८ वर्षदेखि विचाराधीन मुद्दामा ६ वर्षपछि विपक्षी झिकाउने आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नक्कली भुटानी शरणार्थी प्रकरण : हाइप्रोफाइल अभियुक्तको दशैं हिरासतमै

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरूको मुद्वाको सुनुवाई दशैपछि मात्रै हुने भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा गत बिहीबार अर्थात असोज २५ गते पनि बहस हुन पाएन। उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेशविरुद्ध विचाराधीन मुद्दामा बिहीबार उच्चले अन्य आदेश गर्दै पन्छायो। यसअघि पनि इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गर्दै पन्छाएको थियो।

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सांसद पद खारेजीको माग गर्दै परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले यो मुद्दालाई अग्राधिकार भने दिएको छ।सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उनको सांसद पद यथावत रहेको छ। मुद्दाको अन्तिम किनारा नलागेसम्म विचाराधीन रहे पनि उनलाई कामकाजमा कुनै बाधा पर्दैन।कायममुकायम

बलात्कार मुद्दामा पल शाहलाई सफाई, अर्को मुद्दामा साढे २ वर्षको जेल सजाय

नायक पल (पूर्णविक्रम) शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत नवलपुरले प्रमाण नपुगेको भन्दै उनलाई बलात्कारको मुद्दामा सफाइ दिएको हो ।जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनलाई बलात्कारको मुद्दामा सफाइ दिएको हो । तर उनलाई बाल यौन दुरुपयोगको मुद्दामा भने अदालतले दोषी ठहर गरेको छ । बाल यौन दुरुपयोगको मुद्दामा अदालतले साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । त्यस्तै उनले पीडित बालिकालाई १० लाख क्षतिपूर्तिको दिनु पर्ने आदेश पनि दिएको छ। अदालतले अभिभावक र मिडियालाई पनि सचेत गराएको छ  ।बलात्कार मुद्दामा सफाई पाए पनि  बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर भएकोले उनी जेल मै रहनु पर्ने छ । नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । उनी विरुद्द जिल्ला अदालत तनहुँमापनि बलात्कार मुद्दा विचाराधीन छ ।

काठमाण्डौका मेयर बालेन्द्र शाहलाई ७ दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ दिन काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आदेश दिएको छ । सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दामाथि टिप्पणी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको थियो । सर्वोच्चका अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदकले माग गरेअनुसार अवहेलनामा सजाय किन नहुनुपर्ने हो, यसका कारणसहित सात दिनभित्र आफैँ या कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको ह...

सर्वोच्चमा मुद्दा अड्किँदा कर्मचारी भर्ना प्रक्रिया नै अवरुद्ध

२३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा चार महिनादेखि विचाराधीन मुद्दामा सुनुवाइ नहुँदा निजामती कर्मचारी भर्ना र पदपूर्ति अवरुद्ध भएको छ । प्रदेश र स्थानीय तहमा खटिएका कतिपय शाखा अधिकृतलाई संघीय निजामती सेवामा नै व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले चार महिना पूरा हुँदा पनि ती मुद्दा निरुपण नगर्दा कर्मचारी भर्ना प्रक्रिया नै अवरुद्ध भएको […]

विचाराधीन मुद्दामा सार्वजनिक बहस रोक्ने तयारी

काठमाडौँ – सर्वोच्च अदालतले विचाराधीन मुद्दामा समाजका विभिन्न पक्षले सार्वजनिक रुपमा गर्ने टिप्पणीबारे फैसला दिने भएको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिको विषयलाई लिएर दायर भएका रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश हरि फुयालको इजलासले विचाराधीन मुद्दाबारे बोल्न पाउने कि नपाउने भन्ने विषयमा पनि सर्वोच्चले फैसला दिनुपर्ने आदेश दिएको हो। पछिल्लो समय राजनीतिक मुद्दा अदालतमा पुग्दा त्यसको […]

अन्योलमा एमाले एकता प्रयास

७ असार, काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा अड्किएको नेकपा एमालेको एकता वार्तामा नयाँ उल्झन आएको छ । दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने गरी कर्णाली प्रदेशका चार सदस्यलाई पुनर्वहाली गर्न दिएको अन्तरिम आदेश भ्याकेटका लागि अध्यक्ष केपी शर्मा ओली सर्वोच्च गएपछि एकता वार्तामा अवरोध आएको हो । नेताहरुका अनुसार पछिल्लो तीन दिनयता ओली र […]

अपहेलना मुद्दामा जवाफ सहित आफै उपस्थित हुन आदेश

सर्वाेच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली र सर्वाेच्च अदालतमा चार पूर्वन्यायाधीश, पूर्व सभामुखलाई जावाफ सहित सात दिन भित्र आफै उपस्थित हुन आदेश भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न समयमा दिएका अभिव्यक्तिबाट अदालतको मानहानी भएको भन्दै सर्वोच्च अदालतमा बेग्लाबेग्लै दायर मुद्दामा न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासबाट सो आदेश भएको हो ।