काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरूको मुद्वाको सुनुवाई दशैपछि मात्रै हुने भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा गत बिहीबार अर्थात असोज २५ गते पनि बहस हुन पाएन। उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेशविरुद्ध विचाराधीन मुद्दामा बिहीबार उच्चले अन्य आदेश गर्दै पन्छायो। यसअघि पनि इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गर्दै पन्छाएको थियो।