काठमाण्डाै – सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ दिन काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आदेश दिएको छ ।
सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दामाथि टिप्पणी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको थियो । सर्वोच्चका अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदकले माग गरेअनुसार अवहेलनामा सजाय किन नहुनुपर्ने हो, यसका कारणसहित सात दिनभित्र आफैँ या कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको ह...