अपहेलना मुद्दामा जवाफ सहित आफै उपस्थित हुन आदेश

सर्वाेच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली र सर्वाेच्च अदालतमा चार पूर्वन्यायाधीश, पूर्व सभामुखलाई जावाफ सहित सात दिन भित्र आफै उपस्थित हुन आदेश भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न समयमा दिएका अभिव्यक्तिबाट अदालतको मानहानी भएको भन्दै सर्वोच्च अदालतमा बेग्लाबेग्लै दायर मुद्दामा न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासबाट सो आदेश भएको हो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई इजलाशमा उपस्थित हुन सर्वोच्चको पत्राचार

सर्वोच्च अदालतले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई अवहेलना मुद्दामा सशरीर उपस्थित हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको छ । सर्वोच्च अदालतको अवहेलना निवेदन दर्ता शाखाका अनुसार एक साताभित्र प्रधानमन्त्री र महान्यायाधिवक्तालाई उपस्थित हुन सोमवार उनीहरूका नाममा म्याद तामेली गर्न पत्र पठाइएको हो । दैलेखका पत्रकार डेकेन्द्र थापा हत्यासम्बन्धी मुद्दा पुनरावेदन अदालत, सुर्खेतमा विचाराधीन रहेको अवस्थामा हत्या अनुसन्धानमा प्रभाव पारेको भन्दै सर्वोच्चमा परेको प्रधानमन्त्री र महान्यायाधिवक्ताविरुद्धको अवहेलना मुद्दामा न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले अदालतमा विपक्षी द्वयलाई अदालतमै उपस्थित भई जवाफ दिन आदेश जारी गरेको थियो । आदेशसहित प्रधानमन्त्री र महान्यायाधिवक्तालाई पत्राचार गरिएको छ । सर्वोच्चले पठाएको पत्र बुझेको मितिले ७ दिनभित्र प्रधानमन्त्री र महान्यायाधिवक्ता अदालतमा उपस्थित हुनुपर्छ ।  वर्ष ८, अंक १२५, मंगलवार, ९ माघ, २०६९

लक्ष्मीप्रसाद देवकोटा अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश

काठमाडौं । सर्वोच्च अदालतको अवहेलना मुद्दामा नेपाल प्रज्ञा प्रष्ठिानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति जगमान गुरुङ र सदस्य सचिव जगतप्रसाद उपाध्यायालाई आफैं उपस्थित भएर जवाफ दिन आदेश गरको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अदालतको आदेश विपरित देवकोटा घर भत्काएको भन्दै दायर भएको रिटमा अदालतको अवहेलना मुद्दामाथि सुनुवाई गर्दै ७ दिनभित्र अदालतमा उपस्थित भएर जवाफ […]

अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन मेयर बालेनलाई अदालतको आदेश

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।   सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त […]

अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न मेयर बालेनलाई सर्वोच्चको आदेश

काठमाडौँ – अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई सात दिनभित्र लिखित जवाफ लिएर आफै उपस्थित हुन वा प्रतिनिधिमार्फत पठाउन भनेको हो। नर्भिक अस्पतालको संरचना नभत्काउन दिएको अन्तरकालीन आदेशमाथि बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका थिए। ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई […]

अवहेलना मुद्दामा सर्वोच्च अदालत पुगेर प्रचण्डले पेश गरे लिखित जवाफ

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न प्रचण्ड आइतवार बिहान स्वयं उपस्थित भएका हुन् । अदालतको अवहेलनासम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले माघ २१ गते प्रचण्डलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । 'म्याद प्राप्त भएका मितिले बाटोको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला', आदेशमा भनिएक...

अवहेलनाको मुद्दामा सर्वोच्च अदालत पुगेर प्रचण्डले दिए लिखित जवाफ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन अदालत पुगेका छ। आइतवार बिहान उनी सर्वोच्च अदालत पुगेर जवाफ दिए। प्रचण्डविरुद्ध अवहेलना मुद्दामा न्यायाधीश डा मनोज शर्माको एकल इजलासले माघ २१ गते सात दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो।…

प्रधानमन्त्री ओलीबाट सर्वोच्च अदालतमा लिखित जवाफ पेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम् उपस्थित भई अदालतको अवहेलना विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफै लिखित जवाफ पेस गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो । ‘सर्वोच्च अदालतको मानसम्मान र मर्यादाका लागि’ आफैैँ उपस्थित भएर उहाँले लिखित जवाफ पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले लिखित जवाफ मात्र दिए पनि हुनेमा अदालतको सम्मान गर्दै आफैँ आएर पे िगर्नुभएको उहाँले दावी गर्नुभयो । न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले जारी गरेको आदेशमा “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेस गर्नुहोला” भनिएको थियो । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालत, संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर प्रधानमन्त्रीले न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दायर गर्नुभएको थियो । सोही प्रकृतिको आदेशानुसार चार पूर्व प्रधान न्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि लिखित जवाफ पेस गरिसक्नुभएको छ । (रासस)

अवहेलना मुद्दामा प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले ७ दिनभित्र लिखित जवाफ सहित आफैं उपस्थित हुन आदेश दिएको हो। प्रचण्डविरुद्ध समिर हायुले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए। यसअघि अदालतले प्रधानमन्त्री केपी शर्मा…

प्रचण्डलाई आफै उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री एवं दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन आदेश दिएको हो । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गरेका […] The post प्रचण्डलाई आफै उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.