वित्तीय खर्च घट्दा शुभम् पावरको नाफा बढ्यो

काठमाडौं । शुभम् पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १९ लाख ९७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ७ दशमलव ९६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष विद्युत विक्री आम्दानी घटेको कम्पनीको वित्तीय खर्च घट्दा खुद नाफा बढ्न सहयोग मिलेको हो । अघिल्लो वर्ष २ करोड ६७ लाख रुपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष २ करोड ३७ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो । वित्तीय खर्च भने अघिल्लो वर्ष ८७ लाख ७३ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ८२ लाख ४३ हजार रुपैयाँ वित्तीय खर्च गरेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी २० करोड छ । रिटेन्ड अर्निङ भने १ करोड ५९ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ५ पैसा छ ।