सुपर मादी र शुभम पावरको आईपीओ सूचीकृत, कति पाए ओपन रेञ्ज ?

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । सुपर मादी हाइड्रोपावरको २ करोड १० लाख कित्ता र शुभम पावर लिमिटेडको २० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । दुवै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछ ।  सुपर मादी हाइड्रोपावरकोे आईपीओलाई नेप्सेले पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ९९ दशमलव ३० देखि अधिकतम रु. २९९ दशमलव ४० सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको १० लाख ५० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको २१ लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ७८ लाख ५० हजार कित्ता गरी कुल २ करोड १० लाख साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एसएमएचएल रहेको छ । साथै कम्पनीले सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा सानिमा क्यापिटलबाट हुने जानकारी गराएको छ ।  त्यस्तै शुभम पावरको आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ८८ दशमलव ४८ देखि अधिकतम रू. २६५ दशमलव ४४ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा आउनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको १९ हजार ४२०, सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको ५ लाख ८० हजार ५८० कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १४ लाख कित्ता गरी कुल २० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एसपीएल रहेको छ । सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड नक्सालबाट हुने जानकारी गराइएको छ ।

सम्बन्धित सामग्री

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख ७४ हजारले पाए सेयर

सुपर मादी हाइड्रोपावरको प्राथमिक सेयर निष्कासन (आईपीओ) सोमबार बाँडफाँट भएको छ । हाइड्रोपावरको धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

दोस्रो दिनसम्म ७ लाखभन्दा बढीले भरे सुपर मादी हाइड्रोपावरको आईपीओ

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि विक्रीमा ल्याएको आईपीओ दोस्रो दिनसम्म ७ लाख २६५ जनाले भरेका छन् ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको जानकारीअनुसार यी आवेदकहरूबाट ८१ लाख ५८ हजार ८३० कित्ता शेयर खरीद माग भएको छ । दोस्रो दिनसम्म कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा ४ दशमलव ६८ गुणा बढी आवेदन परेको छ । कम्पनीले सर्वसाधारणमा १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रूपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता शेयर छुट्याएको छ ।  सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । योबाहेक बाँकी रहेको शेयरमध्ये ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागिएको हो । सार्वजनिक निष्कासनमार्फत विक्री गरिने कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन् । कम्पनीको यो आईपीओ माघ १२ गतेसम्म विक्रीमा रहनेछ । यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  लगानीकर्ताहरूले विक्री प्रबन्धकसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

सुपर मादी हाइड्रोको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । अंकित मूल्य १ सयका दरले सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता आईपीओमा आवेदन खुला भएको छ ।

सुपर मादी हाइड्रोपावरले सोमवारबाट सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले भोलि अर्थात् माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेको नेपाली र सामूहिक लगानी कोषहरूमा शेयर बाँडफाँट गरी कम्पनीका कर्मचारीहरूका लागि पनि छुट्याएर १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । सार्वजनिक निष्कासनमार्फत विक्री गरिने आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन् ।  यो आईपीओ खरीदका लागि माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने आवेदन गर्ने अवधि माघ २३ गतेसम्म लम्बिनेछ । सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको हिजोआजको अवस्थामा कम्पनीको आईपीओ माघ १२ गतेसम्म मात्र विक्रीमा रहने देखिन्छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कास्की जिल्लामा ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले २०७८ जेठ २८ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिएको थियो । विश्वव्यापी रूपमा फैलिएको कोभिड र बाढी पहिरोका कारण तोकिएको अवधिमा आयोजनाको निर्माण कार्य सम्पन्न गर्न नसकिएको कम्पनीले जानकारी दिएको छ ।

सुपर मादी हाइड्रोपावरको आईपीओ खुल्दै

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर जारी गर्ने भएको छ । कम्पनीले आगामी सोमबारदेखि आईपीओका लागि दर्खास्त खुला गर्ने भएको छ । प्रतिकित्ता सय रुपैयाँ दरको १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । जारी पुँजी २ अर्ब १० करोड रहेको कम्पनीले त्यसको कुल १५ प्रतिशत अर्थात् ३१ करोड […] The post सुपर मादी हाइड्रोपावरको आईपीओ खुल्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुपरमादीको आईपीओ खुल्यो

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले मंगलबार (आज)बाट पुस ५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ ।  कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ। यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ। कास्कीको विभिन्न गाउँपालिका तथा […] The post सुपरमादीको आईपीओ खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुपर मादी हाइड्रोपावरले मंसिर २० गतेबाट आईपी‌ओ खुलाउँदै

काठमाडौं- सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गतेबाट साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथात् ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। जसमध्ये आयोजना […]

सुपर मादी हाइड्रोपावरले मंसिर २० गतेबाट आईपी‌ओ खुलाउँदै

काठमाडाैं  ।  सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गतेबाट साधारण सेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। […]