काठमाडौं। मुस्ताङमा आज राती १२ बजेबाट एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ। मुस्ताङको थासाङ, घरपझोङ र बारागुङ मुक्ति क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा जेठ ६ गते राती १२ बजेसम्म कायम रहने जनाइएको छ। योसँगै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७३ पुगेको छ।