सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । तीन जना पुरुष तथा एक जना महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका दुई जना तथा वडा नम्बर ११ तिङ्लाका दुई जना गरी चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख सिवान ठाकुरका अनुसार फाप्लुकी ४२ वर्षीया महिला तथा १० वर्षीय बालक अनि तिङ्लाका ३२ तथा ४२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भए...