स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित भएको छ । तर, हिमाली जिल्ला मनाङमा हालसम्म पनि अद्यावधिक मतदाता नामावली आइपुगेको छैन । निर्वाचन नजिकिएसँगै अद्यावधिक भएको नयाँ मतदाता नामावली भने हालसम्म जिल्लामा आइनपुगेको निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले जानकारी दिए । उनका अनुसार निर्वाचनको मिति घोषणा भएपछि विभिन्न राजनीतिक दलले प्रचारप्रसारलाई समेत तिव्रता दिइसकेको अवस्थामा पनि अद्यावधिक भएको नामा