अभियान सम्पादकीय : व्यवसायीका मागको सम्बोधन

बारा–पर्सा क्षेत्रका उद्योगी–व्यवसायीहरूले सरकारसमक्ष यस क्षेत्रका समस्या समाधान गरिदिन आग्रह गरेका छन् । नेपालको सबैभन्दा बढी उद्योग रहेको र आयात निर्यातको प्रमुख क्षेत्र मानिएको यस क्षेत्रका समस्या समाधान गरिदिँदा औद्योगिक वातावरण बन्ने देखिन्छ ।  यहाँको उद्योगी व्यवसायीले यस क्षेत्रलाई औद्योगिक कोरिडोर घोषणा गरेर व्यवस्थित गर्न माग गर्दै आएको निकै समय भइसकेको छ । औद्योगिक कोरिडोर घोषणा नहुँदा उद्योगीहरूले पाउनुपर्ने कतिपय सुविधा पाउन सकेका छैनन् भने यस क्षेत्रलाई व्यवस्थित गर्न पनि समस्या भइरहेको छ । त्यसैले मुलुकमा स्थापित उद्योगका समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्नु हुँदैन ।  यस क्षेत्रमा उद्योगहरू स्थापना हुने क्रमसँगै बस्तीको विस्तार पनि भइरहेको छ । तर, व्यवस्थित ढंगले औद्योगिक क्षेत्र नबनाइएकाले समस्या पनि थुप्रै छन् । यसलाई व्यवस्थित बनाउन उद्योगीहरूले सरकारको सहयोग खोजेका छन् जुन सकारात्मक कदम हो ।  अहिले उद्योग र बस्तीबीचको विवाद चुलिँदो छ । यसको समाधान उद्योग र स्थानीय सरकारले मात्रै चाहेर हुँदैन, संघीय सरकारले पनि समन्वय गर्नु जरुरी छ । अर्को, यस क्षेत्रको एउटा ठूलो विवादको विषय भनेको सिर्सिया नदीको प्रदूषण हो । यही विषयमा स्थानीय र उद्योगबीच द्व्रन्द्वको वातावरणसमेत सृजना भएको छ । सरसफाइ सार्वजनिक वस्तु अर्थात् पब्लिक गुड्स हो । त्यसैले यो सरकारको दायित्वभित्र पर्छ । यद्यपि उद्योगहरूले पनि प्रदूषण कम गर्न आप्mनो तर्फतबाट काम गर्नुपर्छ । त्यो भइरहेको पनि छ तर उद्योगहरूले मात्रै प्रदूषण रोक्न सम्भव छैन । औद्योगिक नाला, डम्पिङ साइट र नदी प्रदूषण रोकथामका लागि सरकारको सहयोग जरुरी देखिन्छ । बाराको सिमरामा निर्माण गरिएको विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण सञ्चालनमा आउन सकेको छैन । यसो हुनुमा यसको महँगो भाडादर एउटा कारण मानिएको छ । उद्योगहरूलाई नाममात्रको रकम लिएर सेजमा आउने वातावरण बनाइनुपर्छ । त्यस्तै निर्यातको बाध्यकारी व्यवस्थामा परिवर्तन गर्नु उपयुक्त हुन्छ । आयात प्रतिस्थापन गर्नु पनि निर्यात गर्नु सरह भएकाले निर्यातको बाध्यता राख्नु जरुरी देखिँदैन ।  अहिले उद्योगहरूले विद्युत् ट्रिपिङको समस्या खेपिरहेका छन् । विनासूचना विद्युत् कटौती हुँदा उद्योगहरूले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । त्यसैले विद्युत् नियमित गर्न नसक्ने हो भने त्यसको तालिका दिनु जरुरी हुन्छ । हिउँदमा विद्युत् उत्पादन कम हुँदा नेपाल विद्युत् प्राधिकरणले मागअनुसार आपूर्ति गर्न सकिरहेको छैन । अघिल्ला वर्षमा भारतबाट विद्युत् आयात गरेर समस्या समाधान गरिए पनि अहिले त्यसो हुन सकेको छैन । यो समस्या आगामी वर्षहरूमा पनि रहने भएकाले प्राधिकरणले नयाँ आयोजनाहरूसँग विद्युत् खरीद सम्झौता गरेर उत्पादनलाई प्रोत्साहन दिनु जरुरी छ । त्यस्तै जलाशययुक्त आयोजनालाई पनि छिटो अगाडि बढाइनुपर्छ ।  उद्योगी व्यवसायीका मागप्रति उद्योगमन्त्री रमेश रिजालले सकारात्मक प्रतिक्रिया दिएका छन् । औद्योगिक कोरिडोर घोषणा गर्ने प्रक्रियाबारे समेत छलफल अगाडि बढाएका छन् । तर, आश्वासन दिने र पूरा नगर्ने विगतको सरकारी प्रवृत्ति हेर्दा उद्योगीको माग पूरा भइहाल्ला भन्न सकिँदैन । ग्रेटर वीरगञ्ज घोषणादेखि यसलाई औद्योगिक राजधानी घोषणासम्मका कुरामा प्रधानमन्त्रीहरूले समेत प्रतिबद्धता गरे पनि हालसम्म काम केही भएको छैन । मुलुकको अर्थतन्त्रमा समस्या देखिनुको कारण नै मुलुकमा उत्पादन नहुनु हो । उत्पादनका लागि उद्योगहरू चाहिन्छ । जेजस्तो गरेर हुन्छ औद्योगिक उत्पादन बढाउनु आवश्यक छ । त्यसैले उद्योगी व्यवसायीका मागप्रति सरकार गम्भीर बन्नैपर्छ । सरकारका मन्त्रीले बोलेअनुसारको व्यवहार हुनुपर्छ । नेपालमा औद्योगिक कोरिडोरको राम्रो सम्भावना देखिए पनि वीरगञ्जजस्तो सम्भावना बोकेको शहरलाई व्यवस्थित बनाउन थुप्रै काम गर्नुपर्ने देखिन्छ । सरकारले व्यवस्थित शहर निर्माणमा पनि सहकार्य गर्न आवश्यक छ । स्थानीयले नै होस्टेमा हैंसे गर्न कस्सिएको यो बेला सरकारका लागि पनि काम गरेर देखाउने अवसर हो, जुन अवसरलाई खेर फाल्नु हुँदैन ।  

सम्बन्धित सामग्री

टिकटकमा भन्दा छाडा जोक सरकारी अखबारको सम्पादकीय पेजमा

मन्त्रिपरिषद्ले टिकटक एपमा प्रतिबन्ध लगाउने निर्णयबारे जानकारी दिने क्रममा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सद्‍भाव र पारिवारिक रुपमा हेर्ने नमिल्ने कन्टेन्टहरुलाई कारण बताएकी थिइन्। तर, तपाईँलाई थाहा छ, आज मात्रै सरकारी स्वामित्वको अखबारको सम्पादकीय पेजमा टिकटकमा भन्दा छाडा जोक छापियो। पत्याउनु भएन ? आउनुस् म तपाईलाई देखाउँछु। आज अर्थात् २०२३ नोभेम्बर २३ तारिखमा प्रकाशित ‘दि… Continue reading

‘कान्तिपुर’मा सुधीर शर्माको दोस्रो पटक विदाइ, नयाँ नेतृत्व उमेश चौहानको

कान्तिपुर राष्ट्रिय दैनिकमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ। प्रधान सम्पादक सुधीर शर्मालाई दोस्रो पटक कान्तिपुरबाट विदाइ गरिएको छ। शर्माले आइतबार दिउँसो ट्विट गर्दै ‘अबको सम्पादकीय जिम्मेवारी उमेश चौहान’ लाई सुम्पेर जान लागेको बताएका छन्। चौहान झण्डै दुई वर्षअघिदेखि कान्तिपुरमै ‘सम्पादक’को जिम्मेवारीमा थिए। त्यसअघि उनी नयाँ पत्रिका दैनिकमा थिए। कान्तिपुरको अनलाइनमा प्रकाशित समाचारमा ‘प्रधान सम्पादक सुधीर… Continue reading

नेपाली कविताको प्रतिनिधि अनुहार

प्रस्तुत कृतिमा दुई प्रमुख खण्ड छन्। पहिलो सम्पादकीय खण्ड रहेको छ भने दोस्रो खण्डमा समग्र नेपाली प्रतिनिधि कालजयी कविताहरू समावेश गरिएका छन्।...

सम्पादकीय : प्रतिगमन

गणतन्त्र, संघीयता, धर्मनिरप्रेक्षता, समानुपातिक र समावेशी राज्यव्यवस्था यी चार वटा विषय २०६२÷०६३ को जनआन्दोलनको महत्वपूर्ण उपलव्धि हुन् । यही चार अवधारणालाई २०७२ सालमा बनेको संविधानको चार वटा आधार स्तम्भका रुपमा रहेको भनी संविधान जारी गर्ने दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रले जनतालाई बुझाउँदै आएको थिए । सोही संविधान बमोजिम भएको प्रतिनिधिसभाको दोस्रो […]

सम्पादकीय ll ‘राजनेता’ र राजनीतिमा हारजित

Deshsanchar · सम्पादकीय ll ‘राजनेता’ र राजनीतिमा हारजित ll DESHSANCHAR EDITORIAL PODCAST

आर्थिक अभियान दैनिकका सम्पादकीय निर्देशक गौतमलाई नाफिजको सम्मान

न्युज अफ नेपाल, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आर्थिक अभियान दैनिकका सम्पादकीय निर्देशक केशव गौतमलाई सम्मान गरेको छ । बुधबार राजधानीमा आयोजित ‘अर्थचित्र’ विमोचन तथा पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गौतमलाई सम्मान गरेका हुन् । नाफिजले पत्रकार गौतमले २० वर्षदेखि आर्थिक पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गौतमलाई सम्मान गरेको जनाएको छ […]

तालिबान अमेरिकाको कठपुतली–आईएस

१५ अगष्टमा अफगानिस्तान कब्जामा लिएपछि पहिलो पटक तालिबानप्रति टिप्पणी गर्दै आईएसले उसको साप्ताहिक पत्रिका अल–नबामा ‘अन्ततःउनीहरुले मुल्ला ब्रेडली स्थापित गरिछाडे’ शीर्षकमा सम्पादकीय प्रकाशित गरेको बीबीसी हिन्दीले जनाएको हो ।

व्यावसायिक धर्मबाट विचलित हुँदैनौं

सम्पादकीय हरेक यात्राको सुरुवात पहिलो पाइलाबाट हुन्छ । यात्रा सुरु गर्दा उत्साह, कौतुहलता र चुनौती पनि त्यतिकै हुने गर्छ । सबैले हिँडेको बाटो हिड्नु र नयाँ गोरेटो बनाउनुमा अन्तर हुन्छ । हाम्रो खेलकुद डटकम त्यस्तै एउटा गोरेटोको सुरुवात थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख र विचार प्रस्तुत गर्ने उद्देश्यका साथ हामीले हाम्रो खेलकुदलाई […]

भारतीय पत्रिकाको सम्पादकीय : कांग्रेस र देउवा भारतका परम्परागत मित्र

३० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको विषयलाई भारतीय अखबारहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । प्रमुख अंग्रेजी दैनिकहरुले सम्पादकीय नै लेखेका छन् । दि इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा संसद भंगको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पक्षधरता देखाएको उल्लेख गरेको छ । सो सम्पादकीयमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीले चाहे अनुसार […]