विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा कृषि क्षेत्रको विकासको लागि २ अर्ब ९० करोड बजेट विनियोजन गरेको छ। किसानलाई उत्पादनमा आधारित प्रोत्साहन दिने, बाँझो जमिन खेती गर्ने किसानलाई विशेष अनुदान, कृषि उत्पादनलाई भण्डारण र प्रशोधनको व्यवस्था गर्ने, फलफुल खेति, बाख्रापालन, गाइफार्म, चिस्यान केन्द्रलगायतका क्षेत्रमा बजेट खर्च गरिने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले बताए।