मस्को/वाशिंगटन, ५ कात्तिक : रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल गरेका छन् । उनीहरुबीच टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिने बारे सहमत भएको बताइएको छ। (रासस-सिन्ह्वा)