एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको युक्रेन आक्रमणको कारण रुसी अर्थतन्त्र चार वर्षले पछाडि धकेलिएको छ, त्यो पनि एकै त्रैमासिकमा । कोरोना महामारीबाट बाहिरिएर सन् २०२२ को सुरुदेखि गति लिन थालेको रुसी अर्थतन्त्र दोस्रो त्रैमासिकमा खुम्चिएको तथ्याङ्कले देखाएको छ । शुक्रबार बैंक अफ रसियाले सार्वजनिक गरेको तथ्याङ्कले देशको कुल ग्राहस्थ उत्पादन कोरोना कालको प्रारम्भिक अवस्थापछि पुन खुम्चिएको देखाएको छ । तर पश्चिमी विश्लेषकहरूले प्रतिबन्धले रुसी अर्थतन्त्रमा जति असर गर्नेछ भ